दुखदायी खबर ! पहिरोले जिप पुर्दा दुई जनाको मृ,त्य, ४ जना घाइते

७ असार, गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा दुई जनाको मृ,त्यु भएको छ भने ४ जना घाइते भएका छन् । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडा नम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिँदा चालक प्रदीप पुन र यात्रु तुल्सीराम काउछाको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्र,हरी निरिक्षक राजकुमार रावलले बताए ।

घाइ,ते रमेश रानालाई र्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताए । अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ । जिप म,दाने गाउँपालिका पुर्कोट द,हबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker