रोग पहिचान नहुँदा धेरै औषधि पसल चाहर्छन डिप्रेसनका बिरामी 

प्राडा सिपी सेडाई 

कमला ३५ वर्षकी भइन्। उनलाई दिक्क लागिरहन्छ। राति निद्रा पर्दैन। काम गर्ने जाँगर छैन। पटक–पटक सुस्केरा हाल्दै कोठामा दिन बिताउँछिन्। उनलाई बाच्ने रहर छैन तर आफ्ना तीन सन्तानको माया चाहिँ छ। त्यसो त उनका श्रीमान् दुई वर्षअघि  बितेका थिए। त्यसपछि उनमा निराशा छाएको थियो। आजकल उनलाई कसैसँग बोल्ने मन छैन। कहिलकाहिँ उनी आफ्ना छोराछोरीसँग रिसाउछिन,। उनलाई रेडियो, टिभी र पत्रिका पढ्ने पटक्कै जाँगर छैन। एक महिनाअघि उनको छातीमा दुखाइ भयो, अस्पताल भर्ना भइन् तर कुनै खराबी देखिएन। उनका हातखुट्टा झ्मझम् गर्छन्, टाउको भारी हुन्छ र ढाड दुख्छ। उनी आजकल सानातिना कुरापनि बिर्सन थालेकी छिन्। खानामा रुचि छैन, मुख सुक्खा भइरहन्छ। उनी खुसी हुन पटक्कै सक्दिनन्। शरीरमा  फुर्ति छैन।
लक्ष्मी २० वर्षकी युवती हुन्। उनी आइ.ए.पढ्दैछिन्। उनी परीक्षामा २ पटक सम्म फेल भइन्। सबैले उनलाई गाली गरे। उनका साथीहरु उनी भन्दा निकै माथि पुगि सके। आजकल लक्ष्मी कम बोल्छिन्। धेरैजसो एक्लै बस्न रुचाउँछिन्। उनलाई रेडियो, टिभिका कार्यक्रम पटक्कै मन पर्दैनन्। झर्को मान्छिन्। उनी सानो कुरामा पनि रिसाउँछिन् र गहभरी आँसु पार्छिन्। उनमा जोसजाँगर पटक्कै छैन। मनमा आँट पनि छैन। सम्झना शक्ति घटेको महसुस गर्छिन्। राती उनलाई निन्द्रा नलाग्ने समस्या छ। उनी टाउको दुखेको, मुटु ढुकढुक गरेको, हातखुट्टा झमझम गरेको र आफू कहिल्यै फ्रेस नभएको महसुस गर्छिन्। उनको यो समस्याले गर्दा उनको बुवा आमालाई समेत चिन्तित तुल्याएको छ। उनी आफूलाई बाँच्न भन्दा मर्न पाए राम्रो ठान्छिन्। उनलाई आफ्नो रोगबारे केही थाहा छैन तर उनलाई अब बाँचिदैन जस्तो लाग्छ, उनले सबैको माया मारिसकिन्। केही समयअघि मात्र उनले छानोबाट हामफाल्ने कोशिस गरिन् तर उनलाई परिवारका सदस्यले त्यसो गर्नबाट रोके। अहिले उनलाई अस्पतालमा भर्ना गरिएको छ। औषधि, इ.सि.टि. तथा साइकोथेरापी गराइएको छ। अव उनको मन पहिले जस्तै खुशी भएको छ। उनलाई बाँच्न मन पर्छ। काम गर्न जाँगर बढेको छ। यस्तो रोगलाई डिप्रेसज भनिन्छ। जुन निकै मान्छेमा पाइन्छ।

कमला र लक्ष्मी जस्तो लक्षण लिइ धेरै बिरामी आउँछन। जुन नेपालको राजनीतिक अवस्थाले शिखरमा पु¥याइदिएको छ। गत केही वर्ष यता सुरक्षा फौज, माओवादी कार्यकर्ता र उनका परिवार तथा अन्य राजनीतिक कार्यकर्तामा यो समस्या प्रमुख रुपमा देखा परेको छ। माथिको लक्षण एक मानसिक रोग डिप्रेसनको लक्षण हो। यो रोग बढ्दा कति मानिसले आत्महत्या गरेको घटना पनि सुनिन्छ।  त्यसो त आत्महत्या गर्ने प्रमुख कारण नै डिप्रेसन रोग हो। आत्महत्या गर्नेहरुलाई अध्ययन गर्दा ७० प्रतिशत मानिसमा डिप्रेसन रोग भएको पाइयो। पीडादायी घटना बाहेक डिप्रेसन हुनुमा बंशाणुगत गुणको पनि केही प्रभाव पाइन्छ। यहाँ स्मरणीय कुरा के छ भने मानिस डिप्रेसन भएपनि आफúलाई रोग लागेको थाहा नै हँुदैन अर्को रोग लागेको हो भनी पटक–पटक डाक्टर  कहाँ पुग्ने र रोग पत्ता नलागेका प्रशस्त उदाहरणहरु छन्। छातीको रोग, पेटको रोग तथा हातखुट्टा झमझम गर्ने समस्या भएको हुनाले विरामी धेरै डाक्टर कहाँ पुग्छन्। कोही चाहिँ पुरानो कुरा विश्वास गर्छन् र धामीझाँक्री कहाँ पुग्छन्। यो रोग जीवन भरमा २०(२५ प्रतिशत मानिसमा देखा पर्छ।

लक्षणहरु
-
२ हप्ता भन्दा बढी समयसम्म दिक्क लागि रहने।
- रुन मन लाग्ने, निराशा हुने  ।
-  एक्लै वस्न रुचाउने,। 
- झर्को लाग्ने, दिक्क मान्ने।
- बोल्न मन नलाग्ने।
- छटपटी हने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झम झम गर्ने, पैतला पोल्ने, तालु पोल्ने, मुख सुक्ने, कति बिरामीहरु अनेकखालका लक्षण लिएर आउँछन्।
- आत्मग्लानी हुने।
- भुत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाइ रहने।
- निदाउन गाह्रो हुने, निद्रा कम पर्ने विहान चाँडै  ब्युझने।
-  खानामा रुचि नहुने।
- शारीरिक सपर्क गर्न रुचि नह’ने।
- आफूलाई बेकम्मा सम्झने। टाउको दुख्ने, फूर्ती नआउने।
-   मर्न पाए हुन्थ्यो भन्ने, कसैले सुसाइड गर्ने।
- बारम्बार रुने।
- शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ।
- यो रोग पटक पटक दोहरिन पनि सक्छ । यो रोग महिलामा बढी हुन्छ। जीवन भरिमा यो रोग हुने संभावना २५% सम्म रहन्छ।
डिप्रेशन कति प्रकारका हुन्छन ? 
- 
न्यूरोटिक डिप्रेशन
- साइकोटिक डिप्रेशन
- छट्पट्टि गर्ने डिप्रेशन
- नबोली, नचली बस्ने डिप्रेशन
- वच्चामा पाईने डिप्रेशन
-  वयस्कमा पाईन डिप्रेशन
- बुढेसकालमा पाईने डिप्रेशन
-  जाडो महिना मात्र पाईने डिप्रेशन
- छोपिएको डिप्रेशन
-  डिस्थाइमिया डिप्रेशन
-  दोहोरिएको डिप्रेशन आदि
डिप्रेशन रोगका बिरामीहका समस्या 
- 
बिरामीहरु आफुलाई टाउको दुख्ने रोगको लक्षण बताउँछन्।
- कतिपय बिरामीहरु आफूलाई क्यान्सर लागेको शंका गर्छन्।
-  कोही घाँटीमा केही अड्कियो भनी आत्तिन्छन्।
-  कोही यौनांगको समस्या यौन उत्तेजना कमी आएको बताउँछन्
- कोही बिरामीहरु वारम्बार पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस भएको बताउँछन्।
- कोही मुटुको रोग लाग्यो भन्दै मुटु रोग विशेषज्ञकहाँ पुग्दछन्।
- कोही ढाड दुख्ने, जोर्नीमा दुख्ने समस्याको सिकायत गर्छन्।
- कोही खाना अपच, पाचन शक्तिमा कम भएको शिकायत गर्छन्।
- कोही काम्ने र बक्ने गर्छन् र बोक्सी लागेको विश्वास गर्छन्।
- कोही अचानक बेहोस भएको बताउँछन्।
- डिप्रेशनका बिरामी एक्लै शान्त ठांउमा बस्न रुचाउंछन। रेडियो, टि.भि. हेर्ने चाख हुँदैन।
- बढि चिन्ता गरिरहने र आप्mनो जीवनदेखिनै हरेस खाएका हुन्छन्।
कसरी मानसिक रुपमा स्वस्थ बन्ने ?
१.   कहिलेकाहिँ कुनै घटना परिस्थिति तथा वाध्यतापछि हाम्रा मन भौतारिन सक्छ। यस्तो अवस्थामा मन एउटै कुरामा घुमाइरहन हुँदैन, बरु मन परिवर्तन गर्नुपर्छ। कुनै नराम्रो अनुभव मनमा लिइरहदा हाम्रो मष्तिस्कमा समेत असर पुर्याउँछ शरिर तात्छ, मुटुको धडकन वढ्छ र छटपटि हुन्छ त्यसैले अनावश्यक कुरामा एकोहोरो गहिरो नसोच्ने।
२.    अर्काको उपलब्धिलाई सजिलै ग्रहण गर्ने र खुसी हुने 
    
हामी हाम्रो प्रगति चाहान्छौं यो राम्रो पक्ष हो तर हामीमा केहीगलत धारणा पनि रहन सक्छ। अर्काले प्रगति गर्दा आफूलाई ‘नकारात्मक मुल्याङ्कन गर्ने’ यो असाधै नराम्रो बानी हो र संकिर्ण सोचाइ हो। त्यसैले मनलाई ठूलो पार्नुपर्छ। धेरै मानिसहरु यस्ता समस्याबाट पिरोलिएका हुनसक्छन्। जसले गर्दा मनमा अशान्ति फैलन्छ, हामिलाई मनोरोग लाग्न सक्छ। प्रगतिशिल, सच्चा सोचाइ ‘बाँँच र बचाऔं’का भावना मनमा जागेको हुनुपर्छ। हामी आफूभन्दा सानालाई कसरी सहयोग गर्ने र आफू सरहको प्रगतिमा साथ दिनुपर्दछ, नकि आफूलाई अवमूल्यन गर्ने।
३.    पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुँदैन  
बाटो हिँड्दा बिरालोले बाटो काट्यो वा रित्तो गाग्री देखियो भने अशुभ हुन्छ भन्ने गलत विश्वास छ। त्यसैले यस्ता बस्तु देख्दा मन वेचैन बनाउन हुदेैन ,मन ढुक्क नै हुनु पर्छ।किनभने यसमा कुनै सत्यता नै छैन। राशिफल हेराउने, भुतप्रेत, बोक्सीको युगको अन्त्य भइसक्यो।  त्यस्तै यस्ता कुरामा चिन्तालिई समय बरवाद नगर्ने। बरु सफा पानी ताजा खानिकुरा खाने, राति वाटोमा हिँड्दा भूत लाग्छ भन्दै मन डराएर ढुङ्गोदेखि तर्सेर पनि मानिस बिरामि हुन्छ। मनोरोग लाग्न पुग्छ। त्यसैले पुराना गलत चलन पनि हटाउन पर्छ। कसैलाई बोक्सी भनेर कुट्ने गरिन्छ जुन सतप्रतिसत झुटा हो। त्यसैले हाम्रो गाउघरमा पनि आधुनिक चेतना जगाउन आवश्यक छ। मरेको मानिसको आत्मा मनमा आउछ भन्ने वा मरेको मनिसले दुख्ख दिएको आदि गलत बिस्वास छ। जुन सरासर झुटो सावित भएको छ। यसलाई विश्वास गर्नु हुदैन। बरु यस्ता कुरामा मनलनग्दा अशान्ति हुन्छ र मनेरोग लाग्छ।

४.    हरेक काममा खुसि, सुखि तथा सन्तुस्ट बन्ने 
     
दैनिक जीवनमा काम गदै जाँदा कहिले सफल भइन्छ तर कहिले असफल भइन्छ। असफल भएको कारणले हतास हुनु हँुदैन बरु असफलताको कारण के छ त्यो पत्ता लगाई सफलताको बाटोमा फेरी अगाडी बढ्नु पर्छ। निराश हुनु हुँदैन। अरुसँग पनि सररल्लाह लिनुपर्छ।
            कहिलेकाहिँ हाम्रो अगाडी समस्या नै समस्या र्र्तेिर्सएर बसेका हुन्छन्। यस्तो अवस्थामा आत्तिनु हुदैन। कतिपय समस्या आफैपनि समाधान भएर जान्छन। ३÷४ महिनामा आउने समास्यालाई लिएर अहिलेदेखि नै चिन्तित हुनु हुदैन। बरु देखिएका समस्यालनई एउटा योजना बनाइ यो पछि यो गर्छु भनि अघि बढ्नुपर्छ।

५.    जे छ त्यसमा सन्तुष्ट बन्ने तर मेहनत गर्न नछाड्ने
        
धेरै मानिस हरु आफू कहाँबाट आएको भन्नेकुरा पनि र्विसन्छन्, विगतलाई विर्सन्छन्, वर्तमानमा सन्ताष लिन चाहादैनन्, किनभने समय पार गदै जाँदा ठुलो उन्नति भएको पनि बिर्सन्छन् र सधँै असन्तोष भइरहन्छन्। विगतमा आफू कुन अवस्थामा थिएँ, अहिले कुन अबस्थामा आइपुगियो भनेर मूल्याँङ्कन गर्नुपर्ने हुन्छ। धेरै जसो मानिसहरु ठूलो प्रगति गर्दा पनि क्षणिक आनन्द लिन्छन्, त्यसैले मनमा सन्तोष भएको हुँदैन। त्यसले हामीले सन्तोष लिन सिक्नपर्छ। मैले यो अवधिमा यति गरे भगवानले मलाई यसरी पुर्याएका छन् भनेर सन्तुष्ट हुनपर्छ तर मिहिनेत गर्न छाड्नु हुँदैन। पुराना असफलतालाई केलाउदै लक्षमा पुग्नपर्छ।
६.    लागुपदार्थ तथा दुव्र्यसनीबाट अन्य मानसिक रोग लाग्ने सम्भावना भएकोले यी वस्तुबाट टाढा रहने 
  
कति मानिस रक्सी पिउने बानी हुन्छ। विस्तारै यी मानिस विहानदेखिनै रक्सी लिने र दिनादिन रक्सीको मात्रा बढाउँदै जान्छन्। अनि रक्सीको मातमा झगडा गर्ने, श्रीमतीमाथि शंका गर्ने, कहिलेकाहिँ डराउने, घरबाट भाग्ने, छारे रोग जस्तै गरी ढल्ने गर्छन्। त्यस्तै कति मानिस लागु औषधि दुब्र्यसनमा फस्छन्, जसले गर्दा दैनिक  २–४ हजार रकम यसमा खर्च गर्ने पुग्छन् साथै अनैतिक काम गर्न वाध्य हुन्छन्। साथै यस्ता मानिस एड्स तथा हेपाटाइटिस बीजस्ता रोगबाट पनि ग्रसित हुन पुग्छ्। सुई साटासाट गर्ने, छाडा यौन सम्पर्क गर्ने, ड्रग लिन रकम जुटाउने चोरी गर्ने पनि गर्छन्। त्यसैले यस्ता वस्तुबाट सधै टाढा रहनुपर्छ।

७.    दैनिक जिवनमा स्वस्थ्य प्रतिस्पर्धा गर्नेुगर्छ
 
समाजमा ठूलाले सानालाई हेप्ने आफूमात्र समाजमा प्रतिष्ठित बन्न खोज्ने, अर्कालाई हेप्ने, अर्कालाई उचित ब्यवस्था मिल्नबाट अवरोध गर्ने पनि पाइन्छ। जुन अपराधिक मानिन्छ। यस्तो वातवरणको सधैं अन्त्य गर्नुपर्छ। समाजमा स्वस्थ्य प्रतिस्पर्धा भएमा सबै मानिसले उतिकै क्षमता विकास गर्न सहयोग मिल्छ। कसैलाई डर हँुदैन, सबैको कल्याण हुन्छ। यस्तो वातवरण बनाउनु समाज तथा राष्ट्रको कर्तव्य हो।
८.    अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने 
    
समाजमा कोही मानिस अतिनै नैतिक हुन्छन्। यस्ता मानिस हरेक काममा अतिनै सचेत हुन्छन्।  अरुलाई कुनै प्रकारको मर्का नपरोस् भनेर हरेक क्षणमा ध्यान पुर्याउछन् तर समाज त्यस्तो छैन र समाजबाट यस्ता मानिसले धोका पाउँछन्। मन दुखाउन पुग्छन्। मनोरोग लाग्न पुग्छ त्यसैले हामी केही हदसम्म तलमाथि हुनु पर्ने हुन्छ। न कि हरेक कुरा अत्यन्तै ठिकसँग चल्नपर्छ। केही मानिसलाई आफूले गरेको बाहेक अरुले गरेको काममा चित्त बुझ्दैन। त्यसैले यस्ता मानिस आरुले गरेको काम सच्याउने गर्छन्। जस्तै कोठा सफा  गरेको मन नपर्ने, आफैले सफा गर्नुपर्ने। यस्तो हुँदा दैनिक जीवनमा अफ्ठ्यारो महसुस हुन्छ। त्यसैले केहि हदसम्म अर्काले गरेको कामलाई पनि उचित स्थान दिनुपर्ने हुन्छ।

९. मनका कुरा अरुलाई भन्ने बानी गर्ने    
    
हामीमा ठूलो समस्या आउँदा पनी अरुलाई भन्ने बानी हुन्छ जसले गर्दा मनमा अशान्ति फैलिन्छ। हावा भरिएको प्रेसर कुकरझै विस्फोट हुने वा अचानक सिठ्ठी लाग्ने ठूलो हलचल हुने जस्तो हाम्रो पनि पनि हलचल हुन सक्छ। काम नबने हातखुट्टा नचल्ने भइ हामी बिरामी पर्छौ। त्यसैले मनमा रहेको कुरा जसले पनि  आफूलाई तनाब बढाउँछ र त्यस्ता कुरा आफ्नो मनखाने मानिसमा भन्नुपर्छ, आफ्नो मनको बेदना अरुलाई व्यक्त गर्दा मन शान्त हुन जान्छ।

१०. पहिले पहिले मानसिक रोग भनिन्थ्यो तर अहिले मनोरोग भनिने गरिन्छ।
मनोरोग भनेको अति समरुप टेन्सन हुनेदेखि कडा रोग सिजोफोनियासम्म पर्छ।  त्यसैले अति सामान्य रोगदेखि कडा रोगसम्मका बिरामी यसमा पर्छन्। डिप्रेसन रोग लागेका बिरामीमा यस्तै चिन्ता हुन्छ कि मेरो दिमाग नै आउट हुन्छ तर त्यस्तो हँुदैन। त्यसैले आत्तिन हुँदैन। सामान्य मनोरोग लोगेका विरामीले अनावश्यक चिन्ता लिनु हुँदैन।
– डा सेडाई नशा तथा मानसिक रोग विशेषज्ञ हुन्

स्वास्थ्य खवरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker