ऊहानमा दोस्रो लहरको त्रास : सबै नागरिकको १० दिनभित्र कोभिड–१९ परीक्षण गरिने

कोरोनाभाइरस महामारीको ‘ग्राउन्ड जिरो’ ऊहान शहरमा चीनले १० दिनभित्र सहरका सबै नागरिकको कोभिड–१९ परीक्षण गर्ने भएको छ । संक्रमणको सम्भावित दोस्रो लहरलाई रोक्न यो कदम लिन लागिएको हो ।
सरकारी सञ्चार माध्यम द पेपरका अनुसार परीक्षणबारे आपत्कालिन सूचना सोमबार जारी गरिएको थियो ।

‘अध्ययनपछि १० दिनभित्र ऊहान सबैको कोरोनाभाइरसको परीक्षण गर्ने निर्णय गरिएको छ,’ पेपरमा भनिएको छ । समाचारमा १० दिनभित्र सम्पन्न गर्ने गरी हरेक जिल्लाले न्युक्लेलिक एसिड स्क्रिनिङको व्यवस्था गर्ने बतायएको छ ।

एक महिनासम्म नयाँ संक्रमित नभेटिएको ऊहानमा ६ जना नयाँ संक्रमित फेला परेपछि यो कदम चाल्न लागिएको हो ।

महामारी पुनः फैलिन नदिन र महमारीलाई नियन्त्रणमा लिन यो कदम चालिएको समाचारमा उल्लेख गरिएको छ ।

एजेन्सीकाे सहयाेगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker