तपाईंलाई डि’प्रे’सन भएको त छैन ? यस्ता छन् डि’प्रे’सनका लक्षण

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मानिसलाई डि’प्रे’सन हुन्छ । डि’प्रे’सन भनेको मनको रो’ग हो । नैरा’श्यता हुनु भनेको नै मान’सिक रूपमा कमजोर हुनु हो ।

मानिसलाई सामाजिक रूपमा अश’क्त बनाउने रो’गमध्ये दोस्रो नम्बरमा डि’प्रे’सनपर्छ । पुरुषलाई भन्दा महिलालाई बढी डि’प्रे’सन भएको पाइएको छ ।

वर्तमान समयमा विश्वभर हरेक ४ जनामध्ये १ जनालाई डि’प्रे’सन हुने गरेको पाइन्छ । नेपाल लगायत विश्वभर डि’प्रे’सनले प्रभाव जमाउँदै गएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मा’नसि’क रोग विशेषज्ञ डाक्टर सरोज ओझा बताउँछन् ।

दिक्दार र निराश गराउने डि’प्रे’सनका बि’रा’मी सहरी क्षेत्रमा धेरै रहने गरेको उनको भनाइ छ । आजभोलि इन्टरनेट र मिडियामा आएका सामग्रीका कारण पनि डि’प्रे’सनले सताउने गरेको पाइन्छ । सहरी क्षेत्रमा विभिन्न माध्यमबाट थाहा पाएर बिरामीहरु आफैँ उपचार गराउन आउने गरे पनि ग्रामीण क्षेत्रमा कतिपयले बेवास्ता गरेर रोगको उपचार नै नगराउने गरेको चिकित्सकहरुको भनाइ छ ।

पछिल्लो समय डि’प्रे’सनका बिरामी स्कुल पढ्ने बालबालिका, युवादेखि वृद्धवृद्धासमेत छन् । अचेल आफैँ इन्टरनेटमार्फत डि’प्रे’सन सम्बन्धी विविध जानकारी पाएर उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दै जान थालेको मान’सिक रोग विशेषज्ञ डाक्टर ओझाको भनाइ छ ।

डि’प्रे’सनले मानिसलाई अ’श’क्त बनाउँदै गएको छ । त्यसमा पनि डि’प्रे’सन एन’जाइ’टीको समस्या भएका महिला बढी छन् । पुरुषहरुमा कडा खालको मान’सिक रोग देखिने गरेको डाक्टर ओझाको भनाइ छ । कडा खालको मान’सिक रोग न्यून मात्रामा देखिने उनले बताए ।

नेपालमा कम कडा खालको ‘एनजाइटी डि’स’अ’डर’ का बि’रा’मी बढी भएको उनको भनाइ छ । सामान्यतया २५ वर्षदेखि ६० वर्ष उमेर समूहका मानिस डि’प्रे’सनका बिरामी हुने गरेको उनले बताए ।

डि’प्रे’सन भएको कसरी थाहा पाउने ?

कहिलेकाहीँ उदास हुनु, दिक्क लाग्नु डि’प्रे’सन होइन । यसलाई ‘मु’ड डि’सअ’डर’ भनिन्छ । डि’प्रे’सन मनको रो’ग हो । नैराश्य भएर मन कमजोर हुनु नै डि’प्रे’सन हो । मन कमजोर हुुँदा सुख र आनन्द महसुस हुन सक्दैन । धेरैजसो समय दुःखी भएर बस्ने, लगातार २ हप्ताभन्दा बढी दुःखी हुने, नैराश्य भइराख्नु, कुनै कुरामा खुसी हुन नसक्नु, आफूले भनेजस्तो नहँुदा ससानो कुरामा रिसाउने, झिजिने, आत्मबल कमजोर हुने डि’प्रे’सनका लक्षण हुन् ।

डि’प्रे’सन बढ्दै जाँदा भोक–निद्रा लाग्दैन, यौ’न इच्छामा कमी आउँछ । जुन चिजमा रमाइलो लाग्थ्यो, त्यो कुरामा इच्छासमेत जाग्दैन ।

सामूहिक रूपमा गरिएका कुराकानीहरु आफूप्रति नै लक्षित हो कि भनेजस्तो ठान्छन् । यी कुरा लगातार २ हप्तासम्म भए डिप्रेसन भएको हो भनेर थाहा पाउन सकिन्छ ।

डिप्रेसन पीडितले सम्पूर्ण कुरामा आशा मार्छ । जिन्दगी बेकार छ भन्ने महसुस हुन्छ र आत्मबल कमजोर हुने भएकाले किन बाँच्ने, केका लागि बाँच्ने भन्नेजस्ता कुरा मनमा खेलाउन थाल्छ । यस्तो अवस्थामा आफ्नो दैनिक नियमित कामसमेत गर्न नसक्ने अवस्थामा पुग्छ ।

डि’प्रे’सन हुने कारण

डि’प्रे’सन ठ्याक्कै यही कारणले हुन्छ भन्ने हुँदैन । धेरै व्यक्तिलाई धेरै कारणले निरासा हुन सक्छ ।

उदाहरणका लागि

–परिवारमा आमा, बाबा, हजुरआमा, हजुरबुबालाई कुनै बेला डि’प्रे’सन भएको थियो भने वंशाणुगत रूपमा हुनसक्छ ।

–उदासीनता, शारीरिक कमजोरी र इच्छाशक्तिको अभावले पनि डि’प्रे’सन हुन्छ ।

–सामाजिक मनोविज्ञानको कारण पनि डि’प्रे’सन हुन सक्छ । जस्तैस केटाले केटीलाई पे्रम प्रस्ताव राख्यो तर त्यो प्रस्ताव स्वीकार गरिन र अर्कोसँग डेट गइन् भने त्यहीँ कुरालाई पहाड बनाएर डि’प्रे’सनमा जाने युवाहरु धेरै छन् ।

— आर्थिक रूपमा बर्बाद हुँदा पनि डि’प्रे’सननमा जान सक्छन् । जस्तै परिवार स्वयं आफूले अपेक्षा गरेअनुसार अगाडि बढ्न नसक्दा पनि डि’प्रे’सनमा जान सक्छन् ।

–जीवनमा घट्ने अप्रिय घटना र तनावले पनि डि’प्रे’सन हुन सक्छ ।

–कुनै शारीरिक रो’ग’हरुका कारणले गर्दा पनि डि’प्रे’सनहुन सक्छ ।

डि’प्रे’सनका लक्षणहरु

–रमाउने, खुसी हुने ठाउँमा बस्न मन नलाग्ने । एकाग्र भएर सोचिरहने, एक्लै बस्न रुचाउने । शङ्का–उपशङ्का गर्ने ।

–कुनै कुरामा चाख नराख्ने, मन उदास अनि दिक्क भइरहने ।

–भविष्य अनि वर्तमानप्रति नैराश्यता छाउने । बाँच्नु बेकार छ भन्नेजस्तो भावना मनमा उब्जिने र आत्महत्या गर्ने विचार आउने ।

–साना केटाकेटीलाई डिप्रेसन भएको खण्डमा झग’डा गर्ने, खेल्न नमान्ने, विद्यालय जान नमान्ने आदि लक्षण देखा पर्छ ।

–सामान्य कुरामा पनि झर्को मान्ने, दिक्क मान्ने, निन्द्रा नलाग्ने, चाँडै निन्द्राले छाड्ने ।

–हातखुट्टा, टाउको, छाती, पेट दुख्ने, महिलाहरूको महिनावारीमा समेत समस्या देखा पर्छ ।

–धेरै कडा डिप्रेसन भएको खण्डमा एउटै अवस्थामा बसिरहने, बोल्न नखोज्ने, बोल्दै नबोल्ने, खाना खान नचाहने हुन सक्छ ।

लगातार दुई हप्तासम्म उल्लेखित समस्या देखिए डि’प्रे’सन हो ।

डि’प्रे’सन उपचार
डि’प्रे’सन उचित परामर्श गरेर औषधि खाएर निको हुने रो’ग हो । रोग कसरी लाग्यो भन्ने पत्ता लागेपछि सोहीअनुसार उपचार विधि अपनाउनु पर्छ ।

केहीलाई औषधि र परामर्श आवश्यक पर्न सक्छ भने केहीलाई परार्मश मात्रै भए पनि निको हुन्छ । वंशाणुगत रूपमा भएको डि’प्रे’सन अलि कडा छ भने नियमित केही समय औषधि सेवन गरे निको हुने डाक्टर सरोज ओझा बताउँछन् ।

डि’प्रे’सनका बिरामीले औषधि सेवनसँगै अरू सामान्य बिरामी सरह कामलाई पनि सँगसँगै लैजानुपर्ने उनको भनाइ छ । ‘रक्तचाप, मधुमेहका बिरामीले औषधि खान्छन्, काम गर्छन्,’ उनी भन्छन्, ‘डि’प्रे’सन बिरामीले औषधि खाँदै परामर्श लिँदै काम गर्नुपर्छ ।’

मा’नसि’क समस्यालाई परिवार र समाजले अरू रोगजस्तो सामान्य रूपमा स्वीकार गर्न नसक्दा स्वयंले पनि आफूलाई डि’प्रे’सन भएको स्वीकार गर्न नमान्ने अवस्था रहेको उनको भनाइ छ । समयमै रो’गको पहिचान गरेर उपचार गरेमा छिट्टै निको हुने डाक्टर ओझाले बताए ।

‘नेपाली समाजमा चेनता अभावका कारण डि’प्रे’सन भएपछि जीवनभर औषधि खानुपर्छ भन्ने गलत धारणा छ,’ उनले भने, ‘केही समय औषधि सेवन गरेपछि डि’प्रे’सन पूर्णरूपमा निको हुन्छ ।’

जागरुकताको अभावका कारण पनि धेरै मानिसले डि’प्रे’सन भए पनि थाहासमेत नपाउने डाक्टर ओझा बताउँछन् ।

अनुमानको आधारमा मात्रै यस रोगको उपचार गरेर हुँदैन । रोगको पहिचान गरेर मात्रै उपचार गर्न आवश्यक पर्ने उनको भनाइ छ । बिरामीलाई आवश्यक पर्ने उपचार पद्धति स्वयं बिरामीसँग र परिवार तथा आफन्तसँग छलफल गरेर उपचार गरिने उनले बताए ।

उपचार गर्ने क्रममा साइकोथेरापीमा न’कारा’त्मक सोचलाई कसरी बदल्ने भन्ने कुरा सिकाइने डाक्टर ओझा बताउँछन् । यसको उपचारका लागि विभिन्न उपचार विधिहरु अपनाइने उनको भनाइ छ ।

यस रो’गबाट बच्नका लागि नियमित योग, ध्यान र प्रणायाम गर्नुपर्ने उनको भनाइ छ । हरेक समय सकारात्क सोच, स्वस्थ भोजन र सकारात्मक सोचका साथका अगाडि बढ्नुपर्छ । सकारात्क सोच र शैली योग, ध्यान र प्रणायामलाई निरन्तरता दिएर अगाडि बढेको खण्डमा जीवनशैली ऊर्जामय बनाएर अन्य रो’गबाट पनि बाच्न सकिने डाक्टर ओझाको भनाइ छ ।

परिवारको सहयोग आवश्यक

डि’प्रे’सन भएका मानिसलाई परिवारको साथ, सहयोग अति आवश्यक पर्छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले आफू र आफ्नो परिवार कसरी धान्ने भनेर चिन्ता गर्छन् ।

परिवारले बिरामीको मनोभावना बुझेर व्यवहार तथा उपचार गर्न अभिप्रेरित गर्नुपर्ने उनले बताए । पछिल्लो समय आ’त्मह’त्या बढ्नुको मुख्य कारण डि’प्रे’सन भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker