हेलीकप्टरबाट काठमाण्डौँ लगीएका नेपाली सेनाको मृत्यु

हेलीकप्टर मार्फत उपचारका लागी काठमाण्डौँ लगीएका अछामका एक युवकको मृत्यु भएको छ ।

नेपाली सेनामा कार्यरत बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालीकोटका भरत बहादुर साउँदको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाली सेनाको नायक पदमा कार्यरत रहेका साउँदलाई उपचारका लागी सोमबार काठमाण्डौ लगीएको थियो ।

३६ बर्षीया साउँदलाई आईतवार सामान्य टाउको दुख्ने समस्या देखीएकोमा सोमवार बिहान उनी ओछ्यानमा अचेत देखीएपछि उनलाई उपचारका लागी बयालपाटा अस्पताल लगीएको थियो ।

बयालपाटा अस्पतालमा उनको उपचार हुन सम्भव नदेखीएपछि उनको थप उपचारका लागी नेपाली सेनाको हेलीकप्टर अछाम आएको थियो ।

हेलीकप्टर मार्फत उनलाई नेपाली सेनाको बिरेन्द्र अस्पताल छाउनी लगीएको थियो । सोहि अस्पतालमा उपचारका क्रममा सोमवार साँझ उनको निधन भएको स्थानीय रमेश साउँदले जानकारी दिनुभयो ।

One Comment

  1. सलाम छ ति नेपाली आमाका वीर सपुतलाई
    आफ्नो ज्यानको कुनै ख्याल नगरी निरन्तर आफ्नो कर्तव्यमा पथमा एक थोपा रगत र एक मुठि सास रहेसम्म लागिरहने योद्दाप्रती
    हार्दिक श्रद्धाञ्जली ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker