सरकारले गर्यो यस्तो निर्णय ! लकडाउनमा कडाइ,मापद ण्ड उल्लंघन गरे हुनसक्छ यस्तो कार बाही

काठमाडौं – सरकारले कोरोना संक्रमण ९कोभिड(१९० संक्रमणको जोखिम मुल्यांकन गर्दै लकडाउनलाई कडाइ गरेको छ। गृह मन्त्रालयले ‘बन्दाबन्दी व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड, २०७७’ जारी गर्दै लकडाउन पालना गर्न सुरक्षा निकाय, उद्योगी, व्यवसायी, सेवाग्राही, मजदुर लगायतलाई निर्देशन दिएको छ। मापदण्ड अनुसार अब अत्यावश्यक कामबाहेक राति १०देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पाईने छैन। लकडाउन खुकुलो पार्दा रातको समयमा सुरक्षाकर्मीको आँखा छलेर एकबाट अर्को जिल्लामा प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम अझ बढ्ने ठहर गर्दै गृहले नयाँ मापदण्ड अघि सारेको हो। मालसामान ढुवानी गर्ने सवारी साधनमा चालक र सहचालकबाहेक अरु चढ्न नपाउने नियम लागू गरिएको गृहले जनाएको छ।

आवतजावत गर्दा र कार्यालयमा रहँदासमेत दुई मिटरको दुरी कायम गर्न मन्त्रालयले सुझाएको छ। नयाँ मापदण्ड अनुसार विवाह, मृ,त्यु संस्कार, चाडपर्व, पुजापाठ लगायतका सामाजिक तथा सांस्कृतिक कार्यमा दुई मिटर दुरी काय गर्नुपर्ने र बढीमा १५ जना मात्रै भेला हुन पाउने छन्। उत्पादन मुलक क्रियाकलाप, उद्योग कलकारखाना, भौतिक पूर्वाधार निर्माण लगायतका काम गर्दा एक स्थानबाट एक पटकमा १० जना भन्दा बढी व्यक्ति जम्मा हुन नपाउने नयाँ व्यवस्था निर्धारण गरिएको छ। उक्त नियमबारे व्यवस्थापन, निर्माणकर्ता, उद्योगी, व्यवसायीले ख्याल गर्नुपर्ने र कामदारले अनावश्यक भीडभाड नगर्न मन्त्रालयले निर्देशन दिएको छ। जेष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी, गर्भवती र १० वर्षभन्दा कम उमेरका बालबालिका र अशक्तलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनबाहेक परिवारले आफ्नै घरमा बस्न प्रोत्साहन गर्नसमेत गृहले सुझाएको छ।

गृह सचिव महेश्वर न्यौपानेका अनुसार संक्रमण थप फैलन नदिन होल्डिङ सेन्टर, आईसोलेसन कक्ष, सेल्फ आईसोलेसन, क्वारेन्टाइन कक्ष ९होम क्वारेन्टाइन र अन्य क्वारेन्टाइन० र सघन उपचार कक्षमा आवश्यक सुरक्षा व्यवस्थापन गरिएको छ। नागरिक सचेत भए कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा थप टेवा पुग्ने उनले बताए। न्यौपानेले भने,‘मन्त्रालयले धेरै सोचेरै यो मापदण्ड तय गरेको हो। जसले मापदण्ड उल्लंघन गर्छ उसलाई कारबा ही हुन्छ।’ मापद ण्ड उल्लंघन गर्नेलार्ई अत्यावश्यक सेवा ऐन, २०१४, संक्रामक रोग ऐन, २०२०, मुलुकी अपराध संहिता, २०७४ र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कार बाही गरिने उनले जानकारी दिए।

सिडियोले के गर्ने  प्रमुख जिल्ला अधिकारीलाई चार वटा मुख्य कार्यको जिम्मेवारी दिइएको छ। सिडियोले कोरोना संक्रमण र जोखिमको परिस्थिति मूल्यांकनका आधारमा आफ्नो क्षेत्राधिकार भित्रको स्थानमा ‘संक्रमित क्षेत्र’ दायरा यकिन गर्न सक्ने छन्। संक्रमित क्षेत्र घोषणा गरिएको स्थानमा प्रमुख जिल्ला अधिकारीले अत्यावश्यक सेवा बाहेकका कुनै पनि क्रियाकलापमा रोक लागउनुपर्ने छ। कन्ट्याक ट्रेसिङ लगायतको व्यवस्था मिलाउन गृहले निर्देशन दिएको छ। संक्रमित क्षेत्रबाहिर परिस्थितिको मूल्यांकन गरि मध्यवर्ती क्षेत्रको पहिचान गर्न मन्त्रालयले निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker