मृ,त्यु हुनेको संख्या २४,थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफि ङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थपष् ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्र मण पुष्टि भएको जानकारी दिए । यो सँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। गौतमले संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिए । यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना सं क्रमित उपचारपछि निको भएर घर फर्कि एको पनि मन्त्रालयले जनाएको छ ।

कोरोनाभाइरसबाट मृ त्यु हुनेको संख्या २४ पुग्यो
नेपालमा कोरोना भाइरसबाट मृ त्यु हुनेको संख्या २४ पुगेको छ । दैलेखका एक ४५ वर्षिय पुरुषको मृ त्यु भएसँगै मृत कको संख्या २४ पुगेको हो । मन्त्रालयका अनुसार दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृ त्यु भएको हो । मन्त्रालय प्रवक्ता डा। गौतमले उनी क्षयरोग र दमको विरामी समेत रहेको बताए । सोमबार उनको मृ त्यु भएको हो । ३ गते स्वाव संकलन गरिएकोमा असार ४ गते कोरोना पुष्टि भएको थियो ।

यसैबीच अहिले ७ हजार ८ सय ५१ जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन् । मंगलबार पीसीआर विधिबाट ४ हजार ९ सय ९५ गरी अहिलेसम्म १ लाख ८६ हजार ३ सय ६६ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै मंगलबार आरडिटी विधिबाट ३ हजार ४ सय ८१ गरी अहिलेसम्म २ लाख ७१ हजार ५ सय ८४ जनाको आरडिटी परीक्षण गरिएको छ । अहिले ८५ हजार ८ सय १३ जना क्वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker