एकैदिन ६२९ जनामा कोरोना संक्रमण

१० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्र,मण पुष्टि भएको छ । यससँगै कुल सं,क्रमितको सख्ंया १० हजार ७२८ पुगेको छ । उनीहरूमध्ये २४ जनाको मृ,त्यु भएको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या ११४ छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या दुई हजार ३ ३८ जना रहेको छ ।

कहाँ कति थपिए संक्रमित – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १५१ जना सं,क्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ८६ जना, दाङका ७६, डोटीका ४८, रौतहटका ४४, सर्लाहीका २१, धनुषाका २०, पाल्पाका १५, सुर्खेतका १४, अछामका १३, महोत्तरीका १२, झापाका ११ तथा अछाम र प्युठानका १०र१० जना छन् ।

यस्तै, कास्की, वाग्लुङ र बाँकेका ९र९ जना, बाजुराका ८, स्याङ्जाका ७, सप्तरीका ६, नवलपुर, गुल्मी र लमजुङका ५÷५ जना, बैतडी, दैलेखका ४÷४ जना, गोरखाका ३, पर्वत र धादिङका २र२ जनामा पनि संक्रमण पुष्टि भएको छ । काठमाडौं, भक्तपुर, चितवन, सुनसरी, मोरङ, तनहुँ, पर्वत, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ८२८ नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण भेटिएको हो । मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९३ हजार १९४ पीसीआर टेस्ट भएको छ । यस्तै, आरडीटी टेस्ट २ लाख ८३ हजार ६९६ भएको छ । अहिले पनि ७८ हजार ६३९ जना देशका विभिन्न क्वारे,न्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker