दलित सेवा संघ अछामद्धारा राहात बितरण

दलित सेवा संघ अछामले बान्नीगढी जयगढ गाउँपालिकामा खाद्यान्न लगायत राहात बितरण गरेको छ ।

लकडाउनका कारण दैनीक जीवनयापनमा कठिनाई भोगीरहेका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीका ५० जना नागरिकलाई राहात बितरण गरेको हो ।

डिसिए नेपालको आर्थिक सहयोगमा दलित सेवा संघले खाद्यान्न सहित सावुन बितरण गरेको दलित सेवा संघ अछामका कार्य समिति सदस्य प्रकाश ताम्राकारले बताउनुभयो ।

कोरोना नियन्त्रणका लागी देश बन्दान्दिको अवस्थामा रहेका बेला दैनीक जीवनयापनमा समस्या भोगीरहेको बर्दादेवीका ५० जना नागरिकलाई खाद्यान्न लगायत स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।

वडाका ५० जना बिपन्न, असहाय,एकल महिला, गर्भवती महिला लगायतलाई प्रति व्यक्ति २५ किलो चामल,२ पोका तेल,२ किलो नुन,२ किलो दाल, २ किलो चिनि २ पिस सावुन , २ प्याकेट मिक्स मसाला बितरण गरिएको हो ।

दलित सेवा संघ अछामका अध्यक्ष अर्जुन ताम्राकारको अध्यक्षतामा भएको राहात बितरण कार्यक्रममा वडा अध्यक्ष कुल बहादुर शेट्टि प्रमुख अतिथि रहनु भएको थियो ।

दलित सेवा संघ अछामका उपाध्यक्ष नृप कर्मी बिशिष्ट अतिथि रहनु भएको कार्यक्रमको संचालन दिनेश कडाँराले गर्नु भएको थियो ।

कार्यक्रमकै अवशरमा वडा नम्बर ३ बर्दादेवीका तर्फबाट महिलाहरुलाई सेनेटरी प्याड समेत प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker