सुदुरपश्चिमका हरेक ठाउमा त्रास ! थप ५७ जनामा कोरोना संक्र मण

१० असार कैलाली । कैलालीमा बुधबार थप ५७ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ । तीमध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा सं क्रमण देखिएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा सं क्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

यसअघि मंगलबार कैलालीमा ४९ जनामा संक्र मण पुष्टि भएको थियो । मंगलबार ४४ जना संक्र मित भेटिएको गोदावरीमा बुधबार ३२ जनामा संक्र मण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । योसँगै बुधबारसम्म कैलालीमा मात्रै संक्रमितको संख्या चार सय ६० पुगेको छ ।

हालसम्म सबै भन्दा धेरै गोदावरी नगरपालिकामा एक सय १३ जनामा कोरोना पुष्टि भएको छ । बुधबार २५ जना संक्रमित भेटिएको लम्की चुहामा पनि संक्रमितको संख्या ९१ पुगेको छ । गोदावरी र लम्कीचुहा दुबै स्थानीय तहमा हालसम्म १÷१ जनाको कोरोनाबाट मृ त्यु भइसकेको छ । अनलाईन खबरमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker