सुरविर पण्डितकि बहिनि”विधुवा”भए पछी रामचन्द्र अधिकारि र लक्ष्मी गिरीको दादा गिरी

समाजमा घटेका यथार्थपरक घटनामा समेटर बनेको छ यो गित सुनेर सेयर गर्नुहोला

चक्र साउद आर.सी काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी बालगायिका आयुषा गौतम पहिलो तिज गित सार्वजनिक भएको छ । बालगायिका आयुषा गौतम,गिता देवि र हेमन्त कान्छा रसाईलीको सुमधुर स्वरमा”बिधुवा”बोलको लोकदोहोरी गीत आज सार्वजनिक भएको हो । काभ्रेकी ८ वर्षिय आयुषा गौतम लोकदोहोरी लाईभबाट मिडियामा आएकी हुन् । दर्सक स्रोताको नजरमा परेकी गौतम पछिल्लो समय युट्युबमा निकै भाइरल भएकी छिन् । लाईभ दोहोरिसंगै गतसाल आयुषा गौतमको स्वरमा पहिलो गित”फुली नाकैमा”बजारमा आए पछी झन् चर्चामा आएकी छन । सो गित पनि करोड कल्बको नजिक पुग्न लागेको छ ।

यस वर्ष पनि हरितालिका तिजको शुभकामना सहित S3K Entertainment को प्रस्तुतिमा पहिलो तिज गित”विधुवा”बजारमा आएको छ । यस गीतमा परिकल्पना तथा शब्द सतिश अधिकारीको रहेको छ भने संगीत तथा एरेन्ज हेमन्त कान्छा रसाईलीले गर्नु भएको छ । यो गितमा हाम्रो समाजमा घ टेका समसामयिक घटनालाई मध्येनजर गर्दै गित बजारमा ल्याएका छन् । मानिसलाई आवश्यक पर्ने कुराहरु मध्ये समाज पनि एक हो । मानिस समाजमा बस्न चाहान्छ र रमाउछ पनि । समाजमा बस्न उसले धेरै नियम-कानूनहरु पनि पालना गर्नु पर्छ । त्यहि नियम-कानून भित्र विवाह पनि पर्दछ । कतिपय अवस्थामा हामी एक्लै जीवन बिताउन सक्षम र चाहाना हुँदाहुँदै पनि समाजका लागि विवाह गर्नु पर्ने बाध्यता हुन्छ ।

हामीले एक नजर हाम्रो समाजतिर लगाउने हो भने ,परापुर्वकाल देखि सबैले मान्दै आएको हिन्दु धर्म भित्रै विभिन्न मतभेदहरु र अनमेलहरु विधुवा नारीको नजर पर्दा घरबाट बाहिर निस्कदा कसरी साईत घर्कन्छ ? हिंसाहरूका कारण महिलाहरूको आत्मबल कमजोर हुन गई सामाजिक इज्जत प्रतिष्ठाको डरमानेर घर परिवार समाज, कार्य क्षेत्र त्यागेर नर्गको जीवन जिउन बाध्या हुन्छन । यस्तो समाजमा अझै यस्ता द,र्दनाक घट,नाले जरो गाडेका छन् । यो गितमा यहिँ चित्रण गरिएको छ र बुहारीलाई पनि छोरी समान राख्नु पर्छ विभेद गर्नु हुदैन जस्ता कुरा चित्रण गरिएको छ ।

यस गीतको भिडियोलाई देबेन्द्र कुवरले निर्देशन गरेका छन् भने सम्भु चालिसेले खिचेका छन् । भिडियोको सम्पादन भने सुजन शाहीले गरेका छन् । म्युजिक भिडियोमा गायिका गीता देबिले विधुवाको रोलमा अभिनय गरेकी छन् । साथमा छोरी उनी गायिका आयुषा गौतमले अभिनय गरेकी छन् । साथै लोकप्रिय मेरी बासैका कलाकार सुरविर पण्डित,रामचन्द्र अधिकारि र लक्ष्मी गिरीको अभिनय रहेको छ । S3K Entertainment को अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker