नेकपा कैलाली अध्यक्ष थापाको प्रेमलिला- तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने (अडियो)

नेकपा कैलाली अध्यक्ष थापा तेस्रो महिलासंग लहसिए

भन डार्लिङ । किन फोन काटेको ? छोरा आएको थियो वोलाउन त्यसैले फोन काटेको के । घर नजिकैको होटलमा अलिअलि खाँदैछु । बुढी कता छन ? बुढी घरमै छिन ।

यो सम्वाद गर्नेलाई व्यभीचारी भन्ने कि नभन्ने । यो टेलिफोन सम्वादको अंश हो । सम्वाद अनुसार कुरा गर्ने पुरुषको छोरा र श्रीमति समेत भएको स्पष्ट छ ।

यो सम्वाद कुनै अल्लारे केटाकेटीबिचको होइन प्रतिनिधि सभामा पाँच र प्रदेश सभामा १० सिट भएको मुलुकै ठूलो मानिने कैलाली जिल्लाका नेकपाका अध्यक्ष रतन थापा र उनकै भनाइ अनुसारकी उनकै प्रेमिकाको हो । थापा सुदूरपश्चिम प्रदेश सभाका सदस्य समेत हुन ।

दुई श्रीमतिमा र पाँच सन्तानका धनी रहेका थापाको टेलिफोन सम्वाद यत्तिकैमा रोकिदैन उनकी प्रेमिका भनिएकी महिला भन्छिन रक्सी खाएको वेला मात्रै याद गर्ने माया व्यवहारमा देखाउनु पर्यो । थापाको जवाफ हुन्छ मेरो जीवनमा तिमी बाहेक अरु कोही छैन । तिमीसंग हुनुपर्ने सबै भइसकेको छ अव फेरि कस्तो माया गर्ने । फेरि महिला भन्छिन माया भनेको त्यत्ति मात्रै हो र ?

म हजुरले बोलाएको बेला सँधै आउछु हजुर आउनु हुन्न ती महिलाको गुनासोमा थापा भन्छन हजुर जस्तो जहाजमा आइरहने पैसा मसित कहाँ छ । फेरि आफै भन्छन ल ल हजुर जैले भनिबक्सिन्छ म आउछु । ती महिलाले फेरि भन्छिन म भोली नै आउनु भन्छु सांसद थापाको जवाफ हुन्छ ल ल टिकट पाए भोली नै आउछु ।

म साथीहरुसित छु भन्दै थापाले सबै चिज गरिसकेको छु अव कस्तो माया चाहियो भन्दा महिला अरुको अघि आफ्नो पोल खोलेकोले होला रिसाएर फोन काट्छिन । अनि थापा आफ्ना रक्सी पाटनरसित भन्छन महिलाहरु आफ्ना कुरा खोल्दा यस्तै गरेर रिसाउछन । यो महिला अरवपति छ, नेवार समूदायकी हो निक्कै राम्री पनि छ । यिनीहरुको अष्ट्रेलियातिर समेत कारोवार छ । श्रीमान छैन एक छोरी छ । मैले नेपालगञ्ज आउ भन्ने वित्तिकै काठमाडौबाट जहाजको टिकट काटेर आइहाल्छ उनले आफ्ना साथीहरुलाई ठूलो गर्वका साथ सुनाउछन ।
फोनमा बारबार ती महिलाले माया नगरेको गुनासो गर्छिन । सांसद थापाले उनलाई जवाफ दिदै भन्छन् मैले कम माया गरेको छु र ? महिलाले आफ्नो पैसा व्याजमा लगाउन सहयोग नगरेको गुनासो समेत गरेकी छन ।

सुनौ यो अडियो

दुई विवाह गरेका थापाले जेठी श्रीमति र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन । भने कान्छी श्रीमति टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन ।

केही महिना अघिको थापा र उनकी प्रेमिकाको यो अडियो अहिले कैलालीका नेकपाका कार्यकर्ताको हातहातमा छ । सबैको प्रश्न छ प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा महिलासंग जोडिने वित्तिकै नेकपाले उनको राजीनामा माग्यो । के अव थापाको पनि राजिनामा मागिएला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker