महिला भलिवल खेलको उपाधि ढकारी गाउँपालिकालाई


१६ दिने महिला हिंसा विरुद्धको अभियानको अवसरमा आयोजित खुला महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । तुर्माखाँद गाउँपालिकालाई ० का विरुद्ध तीन सोझो सेटले पराजित गर्दै ढकारी गाउँपालिकाले उपाधि जितेको थियो ।

प्रथम ढकारी गाउँपालिकाले नगर १ लाख ५ हजार सहित मेडल, ट्रफि हात पारेको छ । दोस्रो भएको तुर्माखाँद गाउँपालिकाले नगर ७५ हजार हात पारेको छ । मेल्लेख गाउँपालिकाले तेस्रो भएको छ । मेल्लेख गाउँपालिकाले ५० हजार हात पारेको छ । कडा प्रतिस्पर्धाका विच भएको मेल्लख गाउँपालिकालाई २ का विरुद्ध ३ सेटले पराजित गर्दै ढकारी गाउँपालिका फाईनलमा प्रवेस गरेको थियो । अन्तिम खेलमा वेस्टुमा गएकोमा ढकारी गाउँपालिकाले २ अंक जोड्न सकेको थियो ।

सहायक रिफ्रीले ढकारी गाउँपालिकाका खेलाडीको फल नलिएको भन्दै १ घण्टा खेल स्थगित भएको थियो । यस्तै जनकल्याण मावि चौथौ भएको छ । जनकल्याण्न माविले २५ हजार हात पारेको छ । प्रतियोगितामा जिल्लाका २० वटा महिला टिमको सहभागिता रहेको थियो । अछाममा महिलाको लागि सवैभन्दा ठूलो धनराशीको प्रतियोगिता भएको भएकोे आयोजम सम विकासले दावि गरेको छ । जिल्लामा पहिलो पटक धेरै टिमको सहभागितामा खेल खेल्न पाएकोमा खेलाडीहरु समेत उत्साहित भएका छन् । सम विकासका अध्यक्ष पशुपति कुँवरको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य मिना साउद रहनुभएको थियो । समापन कार्यक्तममा वोल्दै प्रदेश सभा सदस्य मिना साउदले पहिले ठूलो धनराशीको खेलकुद प्रतियोगिताले खेलाडीहरुलाई उत्साहित बनाएको बताउनुभएको छ ।

उहाँले महिला खेलाडीको क्षमता विकासको लागि स्थानीय तहले पहल गर्नुपर्नेमा जोड दिनु भएको छ । समापन कार्यक्रममा साँफेबगर नगरपालिकाका कार्वाहक प्रमुख विर्मला देवि बुड्थापा, मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही, साँफेबगर नगरपालिकाका प्रवक्ता बालगिरी कुँवर, शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवर लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सम विकासका सचिव दुधकला विस्टले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker