सर्वाधीक राशीको भलीवल प्रतियोगीताको उपाधी प्रमुख प्रशाकिय अधिकृत टिमलाइ

साँफेबगर नगरपालिकामा जेपि कोईराला प्रतिष्ठानले आयोजना भएको प्रदेश स्तरीय खुल्ला पुरुष प्रतियोगिताको उपाधी साँफेबगर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत लक्ष्मिप्रसाद शर्माको टिमले हात पारेका छ ।

आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठानलाई प्रमुख प्रसाकिय अधिकृतको टिमले ३ का विरुद्ध १ सेटले पराजित गरेको छ । प्रमुख प्रसाकिय अधिकृतको टिमले नगद ५ लाख सहित कप, मेडल, प्रमाण पत्र हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठाले नगद २ लाख ५० हजार हात पारेको छ । सुरुको पहिले सेट आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठानले जितेको थियो । त्यसपछि लगातार तीन सेट प्रमुख प्रसाकिय अधिकृतको टिमले हात पारेको थियो । प्रमुख प्रसाकिय अधिकृतको टिम नेकपा बाब्लालाई पराजित गर्दै फाईनलमा प्रबेश गरेको थियो ।

आयोजक गिरिजा प्रसाद कोइराला प्रतिष्ठान एन्जिला पुस्तक पसललाई पराजित गर्दै फाईनला प्रबेश गरेको थियो । तेस्रो स्थानको लागि नेकपा बाब्ला र एन्जिला पुस्तक पसलबिच भएको थियो । नेकपा बाब्लाई पराजित गर्दै एन्जिला तेस्रो भएको छ । तेसो भएको एन्जिला पुस्तक पसलले १ लाख ५० हजार हात पारेको छ । सान्तवना भएको नेकपा बाब्लाले ५० हजार हात पारेको छ । यस्तै प्रतियोगितामा सर्वात्कृष्ट खेलाडी कमल गहतराज, सर्वात्कृष्ट लिप्टर जनक खड्का, सर्वर खेलाडी धिरज बस्नेत, ब्लकर सुरेन्द्र वम भएका छन् । यस्तै वेष्ट खेलाडी गौरव पाण्डे, अनुशासित खेलाडी राधु धामी र उदयमान खेलाडी तेजेन्द्र विस्ट र भेट्रान गेमको म्यान अफ द युमन साँफेबगर नगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत लक्ष्मिप्रसाद शर्मा हुनुभएको छ ।

गिरिजा प्रसाद कोइराला प्रतिष्ठानका अध्यक्ष यज्ञराज ढुगानाको अध्यक्षतामा भएको समापान कार्यक्रमका प्रमुख अतिथी पुर्ब जिबिस सभापति भरत कुमार स्वाँर रहनुभएको थियो । समपान कार्यक्रम बोल्दै पुर्ब जिबिस सभापति स्वारले खेल क्षेत्रको बिकासको लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । भलिवल खेलको मात्रै नभई अन्य खेलको विकासको लागि स्थानीय तहले आयोजना गर्नु पर्नेमा जोड दिनुभएको छ ।

समापन प्रतियोगितामा पुर्ब जिबिस सभापति कृष्ण प्रसाद जैशी, पन्चदेवल बिनायक नगरपालिका प्रमुख देवराज देवकोटा, साँफेबगर नगर कार्बबाहक प्रमुख बिर्मला बुड्थापा, बान्निगढि जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्का, चौरपाटि गाउँपालिका उपाध्यक्ष माया कुवर, नेपाल कम्युष्टि पार्टीका शिवबहादुर कुँवर शिलोज, नेपाली काँग्रेसका उपसभापति चन्द्र प्रसाद ढुंगाना लगाएको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker