शुदुरका पहाडी भु-भागमा असिना पानी : किसान चिन्तित

असिना पानीले अन्नवाली तथा नगदेवालीमा क्षती

शनिबार परेको असिना पानीले शुदुर पहाडका पहाडी भुभागमा लगाइएको अन्नबाली नस्ट गरेको छ । शुदुरका बिभिन्न पहाडी जिल्ला अछाम,बाजुरा,डोटी लगायतका ठाउँमा शनिबार असिनापानी परेको हो ।

जिल्लाको मेल्लेख गाउँपालिकाको विभिन्न वडाहरुमा असिना पानी परे संगै गाउँपालिकाको ठाटि, ऋषीदह लगायतका भुभागमा असिना पानीले क्षती गरेको छ । शनिवार दिउसो परेको असिना पानीले अन्नवाली तथा नगदेवालीमा क्षती गरेको स्थानीयले बताएका छन ।

यसै बिच
असिना पानीले साँफेबगर नगरपालिका १२ खप्तडमा लगाएको बाली, नाली नष्ट गरेको हो । पश्चिमी वायुको प्रभावले परेको पानीसँगै आएको असिनाले गहुँ, जौ, तोरी, आलु, मुसुरो लगायतका बालीलाई क्षेती खेती गरेको छ ।

असिना पानीले किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका वडा अध्यक्ष प्रकाश बहादुर रानाले जानकारी दिनुभयो । असिना पानीले साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको माथिल्लो क्षेत्रमा लगाईएका तोरी, आलु, मुसुरो लगायतका बालीनाली पनि नष्ट गरेकोे छ । किसानहरुले लगाएका गहुँ, जौँ र तरकारी बोरी नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका भिमराज शाहले जानकारी दिनुभयो ।

हावा हुरीसंगै आएको असिना पानीले मेल्लेख गाउँपालिकाका धेरै वडाहरुमा पनि क्षति पु¥याएको छ । असिना पानीले आलु, तोरी, मसुरो लगायतका बाली नष्ट गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाँटीका वडा अध्यक्ष केशर बहादुर शाहले जानकारी दिनुभयो । यस्तै असिनाले मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटमा पनि क्षति पु¥याएको छ । असिना पानीले बान्नीगढी जयगढ गाउँपालिकामा पनि क्षती पु¥याएको छ । खेतीमा पारेको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकोे छ ।

उता
बाजुरामा असिनापानीले अन्नबाली नष्ट
असिनापानीले बाजुराको तल्लो भेगका तिन स्थानीय तहका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ ।

शनिबार साझ करिब एक घण्टाको समयसम्म परेको असिनापानीले पाक्न लागेको गहुँ, पाकिसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो । असिनाले बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकासहित बिभिन्न समेत अन्नबालीमा क्षति पुर्याएको छ ।

पानी र ठूला दानासहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्याएको बुढिगंगा– ९ का स्थानीय शिक्षक डम्बरबहादुर सिँहले बताए। गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिने बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्। असिनाले बिउ उत्पादनका लागि लगाइएको गहुँमा समेत क्षति पुगेको स्थानीयले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker