घरेलु तथा साना उद्योग कार्यालय अछामले ८० प्रतिशतमा प्रविधिका सामानहरु वितरण गर्ने

एकेन्द्र खत्री
घरेलु तथा साना उद्योग कार्यालय अछामले ८० प्रतिशतमा प्रविधिका सामानहरु वितरण गर्ने भएको छ ।
जिल्लामा साना उद्योगहरुको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले ८० प्रतिशतमा प्रविधिका सामग्री हस्तान्तरण गर्ने भएको हो ।
कार्यालयको आर्थिक वर्ष २०७७÷७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत जिल्लामा लघु, घरेलु तथा साना उद्यमी र उद्योगहरुलाई प्रविधि हस्तान्तरण अन्तर्गत जिल्ला भित्रका विभिन्न सङ्घसंस्थाबाट तालिम लिएका र उद्योगहरु दर्तागरी सञ्चालनमा रहेका साना तथा घरेलु उद्योगको उत्पादन तथा उत्पादकत्व बढाउन आवश्यक पर्ने मिसिन तथा औजारहरुको ८० प्रतिशत मूल्य घरेलु तथा साना उद्योग कार्यालय अछामले बेर्होने घरेलु तथा साना उद्योग कार्यालय अछामका नायव सुब्बा प्रकाश उपाध्यायले जानकारी दिनुभयो ।
उहाँले घरेलु तथा साना उद्योग कार्यालय अछामले लक्षित बर्ष लागि सूचना प्रकाशन गरेको र सबै उद्यमीले समयमै कार्यालयमा आवश्यक पर्ने कागजात पेश गर्न पनि अनुरोध गर्नुभएको छ ।
क्याटेगोरी : कृषी, मुख्य समाचार, रोजगार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस