Techie IT

सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ स् मन्त्री शर्मा


कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजनाहरू उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने अर्थ मन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।
कोषको ६० औँ वार्षिकोत्सव समारोहको भर्चुअल रूपमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो

सञ्चयकर्ताहरूको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ जसले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ’, उहाँले भन्नुभयो, ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।’ उहाँले सञ्चयकर्ताहरूको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाएर लाभको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्य प्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूका लागि सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सञ्चय कोषको कुल लगानी आर्थिक वर्ष २०७७र०७८ सम्म चार खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अहिले सञ्चय कोषमा तीन खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड रुपैयाँ छ । कोषको दायित्व चार अर्ब ६७ करोड रुपैयाँ रहेकोे छ


क्याटेगोरी : कृषी, राजनीति, समाचार

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस