Techie IT

सुनको थालीमा नुनको भिख ?


– बलराम रोकाया

समग्रतामा वैज्ञानिक मतानुसार हाम्रो पृथ्वीको स्वरुप करिबपन पाँच करोड बर्ष पहिले तयार भयो । तीन करोड बर्ष पहिले जीवको उत्पति भयो भने, करिब दुई करोड बर्ष पहिले मानवको अस्तित्व देखा परेको थियो । दुर्ई करोड बर्ष यता उसले सभ्यता विकासका अदितिय ईतिहास कायम गरिसकेको छ । मनुष्य उत्पतिको आदिमकाल मानिने बर्बर जङ्गली (ढुङ्गे) युग होस् वा दास युग हुँदै सामन्ती युग, समाज विकासका हरेक समयरेखा पार गर्दै आजतकको निर्विकल्प अर्थ–सामाजिक र राजनीतिक दर्शन माक्र्सवादी दर्शनानुसार पुजीवादको बोलाबाला रहेको आधुनिक कालसम्म आईपुग्दा मानव जातिले आफ्नो शुरवीरता, वुद्धि–विवेक, चेतना र अथक संघर्षको उपज सृष्टिकै सर्वश्रेष्ठ प्राणीको दर्जा प्राप्त गरिसकेको कुरा कसैले नकार्न सक्दैन÷मिल्दैन ।

अनवरत संघर्षको एउटा लामो श्रङखला पश्चात् मानव जाति एउटा नवीनतम, सु–संस्कृत, सम्वृद्ध नगर, समाज, राष्ट्र र विश्वको परिकल्पना गरिरहेको छ । जसमा यस भू–धरातलभरी फैलिएका मानवहरुले आ–आफ्नो योगदान दिईरहेका छन् । र पनि उसले परिकल्पना गरेजस्तो समाज आजपर्यन्त निर्माण हुन सकेन । कारण र समाधानको खातिर साधारण मनुष्य देखि महानतम ऋषिमुनी, दार्शनिक, विचारक, विद्धान तथा वैज्ञानिकहरु जोडतोडका साथ लागिरहे, लागिरहेछन् र लागिरहनेछन्, जबसम्म मानव जातिको उत्कृष्ट व्यवस्था वैज्ञानिक साम्यवादी व्यवस्था प्राप्त हुन सक्दैन । जहाँ भत्किनेछन् ईष्र्या, द्धैष, स्वार्र्थ, अहम, हिंसा, अनैतिकता र अराजकताका पर्खालहरु । मेटिनेछन् समाज, राष्ट्र र विश्व विभक्त पार्ने सिमारेखाहरु । र तोडिनेछन् वर्ग, लिङ्ग, नश्ल, वर्ण, जात, धर्म, भाषा, कला तथा संस्कृतिका जञ्जिरहरु । तब कायम हुनेछ मनुष्य जातिकै उच्चतम मानव सभ्यता ।

हो, त्यो स्वार्णिम गन्तव्य यात्रामा बह्राण्डको एउटा सानो ग्रह पृथ्वी र पृथ्वीको सानो मध्ये एक देश नेपाल, राष्ट्रको अस्तित्वमा आएदेखि आजतक यात्रारत छ । प्राचिन किँरातकाल, लिच्छिविकाल, मध्यकाल हुँदै आधुनिककाल सम्म आईपुग्दा सुख–समृद्धि, न्याय, समानता, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको निम्ति किस्ता–किस्तामा त्याग, तपश्या र बलिदानका हजारौँ कृतिमान कायम गरिसकेको छ । प्राचिनकाल छोडी आधुनिक नेपालको मात्रै कुरा गर्ने हो भने पनि करिबपन शताब्दि लामो संघर्षको शिलसिला पार गर्दैछ नेपाल । विडम्वना ! र पनि जसको निम्ति संघर्ष, आन्दोलन वा क्रान्ति गर्ने भनियो तिनकै विश्वास र सपना माथि बुट बजारिने क्रम आजपर्यन्त जारी छ । मनुष्य रुपमा दास, नोकर, रैति र प्रजा हुँदै जनता÷जनार्दनमा रुपान्तरित त भयो, सारमा भने उसको अर्थ–सामाजिक अवस्था रैतिकै समान छ । २००७ सालतक जहानिया राणाशासन थियो सम्भव भएन । प्रजातन्त्र आयो खै ? ०४६ सालतक निर्दलीय पञ्चायाती शासन थियो त्याँ नि सम्भव भएन । बहुदल आयो खै ? ०६३ सालतक निरंकुश राजतन्त्र थियो सम्भव हुने कुरै भएन । तर गणतन्त्र आयो खै ? गणतन्त्र ! जसलाई प्राप्त गर्न विगत सत्तरी बर्ष यता लाखौ नेपाली वीर–वीरङ्गनाहरुले आफ्नो प्राणको आहुति दिए । जसको रगत नेपालका छ हजार भन्दा बढी खोला–नदीमा दश भागमा एक भाग भएर बग्यो, बगिरह्यो, आजपर्यन्त बगिरहेछ । नपत्याय भोजपुरमा तिर्थराज घिमिरे या सर्लाहीमा कुमार पौडेलको रगतलाई सोधीहेरौं ।

हो, तमाम जनसंग्राम पश्चात् प्राप्त गणतन्त्र किन गरिखानेको हुन सकेन ? जनताको अगाडी खाएका कसमहरु किन एकाएक झुटा साबित भए ? एउटा राजाको विरुद्धमा हजारौ गरिखाने नेपालीको रगतले साँटेको गणतन्त्रमा किन सयौ भुईफुट्टा छोटे राजाहरु पैदा भए ? जवाफको लागि गणतन्त्र मौन छ, मौन छन् गणतन्त्र हाँक्ने कृतिम सारथीहरु । यो समस्या हिमालमा मात्र होइन, पहाड र तराईमा पनि छ । दूर–दराजमा मात्र होइन राजधानीमा पनि छ । गाउँमा मात्र होइन शहरमा झन व्याप्त छ । यतैकतै भनौ वा दुरदराज भनौ राज्यको नजरमा सूदुरको दुरमा अवस्थित बसिखानेकै भाषामा गणतन्त्रको उपलब्धि सुदुरपश्चिम प्रदेश । प्रदेशकै सुदर जिल्ला अछाम । अझ भनौ जिल्लाकै सुदुर स्थानिय तह रामारोशन गाउँपालिका । विकराल समस्याबाट अछुतो रहने कुरै भएन । रामारोशन ! नामै काफी छ । हुन त कसैकसैलाई नेपाली उखान “चिन्नेलाई शिर्खण्ड नचिन्नेलाई खुर्पाको बीँड” भने जस्तै भएको छ रामारोशन यतिखेर । विगतमा राज्यको सम्पुर्ण शक्ति केन्द्रिकृत थियो । गणतन्त्रले विकेन्द्रिकरणको हक दियो । हजारौ शहिदको बलिदानलाई बेवास्ता गर्दै तीनका मालिकका आदेशानुसार तयार पारिएको संसारकै उत्कृष्ट भनिएको संविधान । र त्यसै संविधानले स्थानिय तहलाई प्रत्यायोजन गरेको अधिकार अनुसार स्थानिय तहलाई स्वशासन गर्ने लगभग पुर्ण हक दियो ।

वर्तमान पुँजीवादी संसारमा धुवाँ रहित उद्योगको रुपमा अघि बढीरहेको पर्यटन उद्योगको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्य बन्न सक्ने अथाह सम्भावनाले भरिपुर्ण प्रकृतिको अनुपम देन रामारोशन । यति मात्र होईन भौगोलिक, प्राकृतिक, सामाजिक, साँस्कृति तथा धार्मिक सँगै शाहसिक र युद्ध पर्यटनको पनि प्रचुर सम्भावना बोकेको रामारोशन । जल, थल, जङ्गल, जैविक वनस्पति, जडीबुटी र दुर्लभ वन्यजन्तुको भण्डार रामारोशन । सक्षम, निस्वार्थ, ईमान्दार, दुरदर्शी धर्तिको पुत्रको अभावमा रामारोशनको बहुआयामिक विशेषता ओझेल प्राय छ । आजतकका आन्दोलनमा जनताको त्याग र शहिदको वलिदानको उपज जनताले जबर्जस्त चुनेका जन प्रतिनिधिहरु नभएको त पक्कै होइन । व्यवस्था बदलिएर पनि देश र जनताको अवस्था बदलिएन भने चौतर्फि असन्तुष्टिका स्वरहरु घन्किनु स्वाभाविक छ । स्थानिय सरकार गठन भएको दुई बर्ष पुग्यो । मानिलिउँ पहिलो बर्ष परिक्षणकाल । दुई–दुई बर्ष सम्म बित्दा पनि विकास त परै जाओस् गाउँ विकासको स्पष्ट कार्यदिशा बन्न नसक्नु दुर्भाग्यपुर्ण हो । स्थानिय सरकार भन्छ रामारोशनलाई युद्ध पर्यटनको हब बनाउँछौ । तर हाम्रै मुक्ति र तिनकै कुर्सिको लागि प्राण उत्सर्ग गर्ने महान शहिदहरुका स्मारक÷शालिक होईन, अझ भनौ शहिदको त नामै उच्चारण गर्न चाहन्न मृतक भन्छ आर्थिक कमिशन र पापमोचनको लोभमा टोलटोलमा मठ मन्दिर बनाउदैछ । रामारोशन सम्मको सडक पक्की÷स्तरोन्नती होईन, काल्पनिक आयोजनामा डिपीआरको नाममा ८६ लाख चिलिम बनाउँछ ।

भन्न त स्थानिय सरकार कृषिमा आधुनिकीकरण मार्फत जनतालाई आत्मनिर्भर बनाउँछु भन्छ, तर कृषिको नाममा विनियोजन गरेको रकम भ्रमण (मोज–मस्ती) को नाममा त्यो पनि देखावटी दशलाख र भित्रि रुपमा तीस–तीस लाख अचार बनाउँछ । निर्वाचनताका धोखा दिए जुत्ताको माला लगाउनु भन्दै रोजगारी दिने नाममा हजारौ युवा–युवतीहरुका प्रमाणपत्र संकलन गर्छ स्थानिय सरकार तर तिनै युवायुवतीहरु जब उसको ढोका ढक्ढक्याउछन् तब शर्त राख्छ पद अनुसारको कमिशन । नपत्याय सोध्नुस् तिनका कृपाले जागिर पाएका भाग्यवानी तीँ युवायुवतीहरुलाई र जागिरको पर्खाइमा लामवद्ध केही थान कमिशनको बिटो बुझाएका व्यक्तिहरुलाई । उसले दिने विकास योजनामा कुनै पनि योजना कम्तिमा दश देखि बीस प्रतिशत कमिशन नभई सिफारिस, पास भएको रेकर्ड छैन । त्यो प्रथा प्राविधिक, ईन्जिनियरमा झन व्याप्त छ । त्यतिले पुग्दैन जब योजना गाउँमा पुग्छ टोलटोलका वडा प्रतिनिधि (टोले ठेकेदार) निश्चित कमिशन नटक्र्रयाई लागु गर्ने ईजाजत मरिगए दिन्नन् । यत्रतत्र सर्वत्र भ्रष्टचार विधिवत रुपमा संस्थागत हुनु देश र समाजको लागि थप हानिकारक हो ।

गत बर्ष बालबालिको क्षेत्रमा सत्रलाख बढी रकम विनियोजन ग¥यो परिणाम शुन्य । थुप्रै टुहुरा बालबालिकाहरु शिक्षा र स्वास्थ्यको पहुँचबाट टाढा छन् । वालविवाह रोकिनुको साटो बढ्दो छ । यतिमात्र होइन ०७५÷७६ मा रामारोशन तालमा डुङ्गा÷बोट सञ्चालनको लागि रु. ३०००००० तीस लाख विनियोजन भयो, आर्थिक बर्ष सकियो खै डुङ्गा ? होमस्टे व्यवस्थापनको लागि रु. ३००००० तीन लाख खै होमस्टे सञ्चालन ? रामारोशन प्रवेश द्धारमा रु. २५००००० पच्चिस लाख खै प्रवेश द्धार ? रामारोशन युद्ध पर्यटन गुरुयोजना रु. ४०००००० चालिस लाख, विज्ञ तथा सरोकारवाला बीच वृहत छलफल, बहस खै ? गुरुयोजना खै ? यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन् । यो छोटो आलेखमा बेलिविस्तार सम्भव छैन । समग्रतामा जनमुखी न सरकार भयो न उसका कार्यशैली ।

केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाले त वेवास्ता ग¥यो ग¥यो, स्थानिय सरकारले समेत रामारोेशनको आर्थिक स्रोतको मुल आधार पर्यटन, जल, जडीबुटी र कृषिको सदपुयोग गर्न सक्ने सामथ्र्य देखाउन सकेन । कस्ता कस्ता क्षमतावान शासक जन्माएछ रामारोशनले ? ०७४÷७५ मा गाउँपालिकाको कुल आन्तरिक आय रु. दुई लाख उनानब्बे हजार चार सयमा जुन वडा अथाह साधन स्रोतले भरिभराउ छ त्यै वडामा शुल्य आय । यो भन्दा सर्मनाक अरु सायदै केही होला ? जुन देशमा आफ्नै ठाउँको सम्बन्धित मन्त्रालयको मन्त्रि भए अझ पवनपुत्रहरुको भाषामा त सुदुरका भाग्य विधाता भावी प्रधानमन्त्री बन्न सक्ने राष्ट्रिय हैसियत प्राप्त नेता छन् । जुन प्रदेशमा आफ्नै निर्वाचन क्षेत्रको अर्थ मन्त्री छन् र जुन गाउँपालिकामा आफ्नै आगनको आर्थिक विभाग प्रमुख छन् । त्यै आगन, टोल, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश उनीहरुको प्राथमिकतामा पर्दैन । स्थानिय सरकारको बजेट कार्यक्रमको पुर्व सन्ध्यामा यत्ति भनौ, संघ र प्रदेशले त वेवास्ता ग¥यो, ग¥योे विगतको गम्भिर आत्मसमिक्षा सहित भ्रष्टचारमा शुन्य शहनशिलता लागु गर्दै, जनमुखी बजेट विनियोजन गर्न र शतप्रतिशत कार्यन्वयन गर्ने सयन्त्र निर्माण गर्न स्थानिय सरकारले पनि सकेन भने, महान दार्शनिक एरिस्टोटलले भने जस्तै “जब प्रजातन्त्र विकृत हुन्छ तब त्यसको गर्भबाट तानाशाहको जन्म हुन्छ” जनताको बीचबाट तानाशाहको जन्म अवश्य हुनेछ । ईतिहासको एक कालखण्डमा जनताले प्रदान गरेको एक दुर्लभ अवसर रद्धीको टोकरीमा अवस्य फ्याकिनेछ । फेरि पनि स्वशासनको हक पाउँदा पाउँदै सुनको थाली लिएर नुनको भिख माग्न कोही शासक अर्कैको दैलो चहारिरहन्छ भने सम्झिनुहोस् समस्या शासनमा मात्र होईन शासकमा पनि छ । समयमै निदान खोज्ने कि नखोज्ने ? न क्रान्ति लहडले हुन्छ, न क्रान्ति दमनले रोकिन्छ । क्रान्तिको निरन्तरता र पुर्णताको सवाल शासक र शासन व्यवस्थामा निहित हुन्छ । अतः विकल्प शासकको खोज्ने या शासन व्यवस्थाको ? फैसला बसिखानेहरुले गरुन् ।

अस्तु !


क्याटेगोरी : विचार/ब्लग

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस