नेकपा सरकारलाई खुला पत्र

नेकपा सरकारलाई विनम्र अनुरोध गर्न चाहान्छु की, तपाईंहरुलाई हामी जनताले दुई तिहाई दिएको देशको रक्षाका खातिर समृद्धि अमन चयन होस् भनेर हो । तर आज देशमा राम्रा र जनप्रिय कामहरु हुँदाहुदै पनि उडिरहेको बेलुनमा सियोले घोंच्यो भने फुट्छ भन्ने हेक्का हुदाहुदै पनि स्थानीय तहका जनप्रतिनिधिज्युहरु प्रदेशका नेता ज्युहरु अनि हाम्रा केन्द्र सरकाका नेता ज्यूहरु कुम्भकर्ण निद्रामा परेको महसुस भयो ।

किन कि सारा राष्ट्रले आफ्नो नागरिकहरु हर क्षेत्रबाट आफ्नो मातृभूमिमा लागीराखेको छन् । तर स्थानीय सरकार र प्रदेश सरकारको पहलमा केन्द्र सरकारले पनि धनीमानीका छोराछोरी बिद्यार्थीलाई प्लेन चार्टर गरेर चाइनाबाट ल्याउनु भयो । लिएर आउँदा सरकारको नेकपालाई राम्रो प्रतिफल मिल्यो । किन कि ती धनीमानीका छोराछोरी आफै पनि पैसा तिरेर आउन सक्थे । किन कि, सरकारको धन नै हाम्रो धन हो पनि। सरकारले राम्रै गरेको हो । कुनै गुन्जायस छैन ।

आज गरिब मजदुरहरु भारतको बोर्डरमा असुरक्षित र अपमानित हुँंदा पनि आफ्नो मातृभुमिमा आउने नेपाली नागरिकको हक अधिकार खोंसिनु, नागरिक हकअधिकार हनन हुनु सरकारको जिम्मेवारीभित्र पर्छ कि पर्दैन ? के यो राष्ट्रको हक ती सर्वासाधारण जनतालाई छैन ? कि छैन र त्यहीँ चाइनामा त प्लेन चार्टर गरेर पठाउनु भयो तर भारतको बोर्डरमा पर्दैन नि ? आफैं जनता नेपालको सिमानामा आउँदा रोक्नु सरासर गलत ठहर्छ र किन यस्तो गल्ती कतै त्यही बेलुन फुटाल्ने सियो त हाम्रो सरकारमा र पार्टी भित्र त छैन ?

कृपया बेलैमा सदबुद्धि पलाओस् आदरणीय नेतागणज्यूहरुमा । नेपाली आमाको छोराछोरी माहाकाली नदिमा हामफालेर ज्यानको बाजि मारेर मातृभूमी छिर्दैछन । पत्रपत्रिकाले घन्टी सिंहदरबारको कानकानमा पुर्याएको छ अनि तपाईंहरु कोरोना भाइरसकै कारण देखाएर नागरिक हक खोस्न मिल्छ ? किन बनाएको त्यो हजारौं क्वारेन्टाइन स्थलहरु रु के उनीहरुलाई त्यहीँ ल्याएर राख्न सक्दैनौं ? के ती जनतालाई राख्ने नेपालम कुनै भूमी छैन ?

स्थानीय , प्रदेश र केन्द्र सरकार विनम्र अनुरोध गर्न चाहान्छु । यदि ठूलो भुल र गल्ति फेरि इतिहासको पानाहरुमा नलेखियोस् र लेखाउने काम कहिँकतै बाट नहोस् पनि र जननी जन्मभूमी राष्ट्रले किमार्थ क्षमा दिने वाला छैन कोहि कसैलाई पनि । कुनै हालतमा छिटोछरितो तरिकाले नेपाली नागरिकलाई ल्याउने ब्यबस्था मिलाइ चेकजाँच गरियोस् ब्रम्हलुट गरेको सबै बिर्सने दिन आएको छ, किन यस्तो हुन पुग्यो बुझ्ने दिन आए किन कि, देशमा बहुदलीय ब्यबस्था अनि गणतन्त्र ल्याउने जनता पनि हामी नै हौं र आज बहुदलीय ब्यवस्थापन पछिको दुई तिहाई बहुमत सहितको स्थिर सरकार हामी जनताले दिएका हौं । यो जिम्मेवारी तपाईंहरुमा छ र हामिमा एकताको जरुरत छ । हिजो जनताँग गरेका वाचाहरु घोषणापत्रहरु जनताको हातमा ताजै छन् ।

अब त तीन दशक हुन लाग्यो बहुदलीय हुँदै लोकतन्त्र गणतान्त्रिक इतिहास बोकेका नेतागणज्यूहरु त्यसैले यो भ्रष्टाचार अनियमित तरिकाले सुनिनु राम्रो होइन किन कि, बिगतमा दुई तिहाई अनि बहुमत जनादेश पाएका पार्टीहरुले सत्ता हालिमुहाली गरेकै हुन र जनताले आसेपासे नालनातागोताकै भलो गरे र देशमा भ्रष्टाचार ब्यभिचारको सीमा कटाए बढाए, विकास निर्माणका कामहरु ठप्प भए भनेर आज जनताले केही गर्छ कि भनि कम्युनिस्ट पार्टीलाई स्थानीय , प्रदेश र केन्द्र सम्म दुई तिहाई नजिक पुर्याए तर फेरि त्यही मुताविक भ्रष्टाचारकै गन्धले कम्युनिस्ट पार्टीको सरकारले गरेका राम्रा कामहरु पनि ओझेलमा पारिरहेको छ । यतिबेला उडिरहेको बेलुन फुटाउने सियोहरुलाइ माटोमा लगेर पुर्ने काम किन नगर्ने ?

आदरणीय कमरेड, नेतृत्वदायी अंगहरुसँग विनम्र अनुरोध गर्न चाहान्छु कि, हिंजोको सत्ताधारीहरुको पनि आसेपासेको, छोराछोरी ज्वाँइ, भान्जाभान्जी, श्रीमतीको अनि गुट–उपगुटको कारणले नै आज जनमत गुमाएको अवगतै छ । त्यही बाटोकै यात्रा हामिले गर्ने हो भने त यो जनमत को अर्थ के रहयो र रु हामी एकताबद्द तरिकाले जानू जरुरी छ । एकले अर्कोलाई कमजोर बनाउने खेलले पार्टी बलियो हुंदैन पनि र पार्टीका कार्यकर्ताले उठाएका आवाजहरुको नेतृत्व वर्गले सम्बोधन गरोस् ।

रहयो अब कोरोना भाइरस माहामारीको बिषयमा अहिलेसम्म को स्थितीमा बिश्व परिवेश हेर्दा हाम्रो देशलाई बिश्वको भयंकर महामारी कोरोना भाइरसका विरुद्ध संयमित भएर सफलता लिनको लागि क।इश्वर पोख्रेलज्यूको नेतृत्व सफलताका साथ अघिअघि बढीरहेको आभास मिलिरहेको छ । अवस्य सफलतापूर्बक अगाडि बढ्नेछ यसमा दुइमत छैन र यति राम्रो, हाम्रो जसउपजस लिने महत्वपूर्ण अवसरलाई भ्रष्टाचारको भाइरस र ती हाम्रा कमिकमजोरीले ओझेलमा नपारोस् कमरेडहरु नेतृत्वले कमजोरीहरुको निदान गर्यो भने त जनता हामी सधैं साथमा हुनेछौं । हाम्रा कमिकमजोरीलाइ सबै क्षेत्रहरूमा भाइरल हुँदाहुँदै जनमानसको आक्रोश आवाजहरु सुन्न र पढ्न नपरोस् ।
आदरणीय नेतृत्वदायी कमरेडहरु यी मेरा नितान्त निजि बिचारहरु हुन र जनमानसको असन्तुष्टिसंगै प्रस्तुत गरेको छु ।

उमेश बिष्ट उज्ज्वल
पुर्व अनेरास्ववियु सभापति दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली र पुर्व युवा संघ बझाङ सदस्य,
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker