नेपालमा लोकतन्त्र ( कविता )

नेपालमा लोकतन्त्र
शिक्षक ,विद्यार्थी देखि व्यापारी सम्म
पत्रकार ,कर्मचारी देखि प्रहरी सम्म
हरेक नागरिक कार्यकर्ता बन्नुपर्ने ,
पार्टीको प्रचार गर्नुपर्ने,
सीमा मिच्दा पनि राम्रो भन्नुपर्ने,
देश बेच्दा पनि राम्रो भन्नुपर्ने,
छिमेकीको पाउ पर्नुपर्ने,
भ्रष्टाचारीको बचाउ गर्नुपर्ने,
वाह ! क्या गजबको छ है लोकतन्त्र ।
जनताले ,जनताद्वारा,जनताका लागि ,
गरिने शासन भनेर पढियो,
नेताले कार्यकर्ता द्वारा ,कार्यकर्ताका
लागि गरिने शासन रहेछ,
बुझ पचाउन जान्ने,
लाज पचाउन सक्ने,
दुई जिब्रे र दही चिउरेहरुको
जिन्दाबाद र मुर्दावादले,
देश बन्दो रहेनछ,
खोक्रो राष्ट्रवादले देश, बन्दो रहेनछ,
हिजो कृषिप्रधान, देश थियो ,
आज कार्यकर्ता प्रधान, देश भयो
उद्योग धन्दाहरू बन्द भए,
कलकारखानाहरू बन्द भए,
लाखौँ युवाहरू बिदेसिन बाध्य भए।
हेर्नुहोस् त,
गुनासो सुन्नु पर्नेहरू गुनासो गर्दैछ्न,
बदलिनु पर्नेहरू बदला लिदैछ्न,
हजारौँ चेलीहरू बलात्कृत भए ,
बलात्कार गर्नेहरू पुरस्कृत भए,
यिनै हुन यिनै,लोकतन्त्रका काइदाहरू,
भएका फाइदाहरू।
मठ मन्दिर भत्काउन मन हुन्छ,
धर्म मास्न मन हुन्छ,
(संविधान संशोधन हुन्छ,
नागरिकता बेच्न मन हुन्छ,
(संविधान संशोधन हुन्छ,
जुट्न होइन ,फुट्न मन हुन्छ,
(संविधान संशोधन हुन्छ,
म त परदेशी हजुर ,प्रदेश बाटै देश हेर्छु,
यहाँको विकास देख्छु ,मेरो देशको विनाश देख्छु,
यहाँ विकृति,विसङ्गति ,हराएको देख्छु,
मेरो देशमा शान्ति ,संस्कृति ,हराएको देख्छु,
यहाँ संविधान देखि, नेता डराएको देख्छु,
मेरो देशमा नेता देखि ,संविधान डराएको देख्छु,
चिनाउन लाई त, चिनाइदिन्छु,
भन्नलाई त, भनिदिन्छु,
शान्तिका अग्रदूत ,गौतम बुद्धको देशको भनेर,
वीर गोर्खालीहरूको देशको भनेर,
तर के गर्नु,कहाँ गएर टर्नु,
यसो,
पुर्खाहरूको इतिहास सम्झन्छु, गर्व लाग्छ,
वर्तमान परिवेश सम्झन्छु ,लाज लाग्छ।
न अस्त्र भेटियो यहाँ, न भेटियो मन्त्र ,
सत्यनासी ,विनाशकारी,
धन्य हो धन्य ,लोकतन्त्र ।।
अर्जुन साउँद (हाल – दक्षिण कोरीया)
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ३ बर्दादेवी अछाम ।
क्याटेगोरी : विचार/ब्लग, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ पालिका स्तरीय बालकोषबाट १६ जना बालबालबालिकालाई शैक्षिक सामाग्री वितरण
- २ बझाङमा छोराछोरी सहित २२ वर्षीया आमा झुन्डिएको अवस्थामा फेला
- ३ अछाममा ४ हजार ८० नयाँ मतदाता थपिए
- ४ धनगढीमा घर अगाडी राखेको ट्रेक्टरमा आगजनी
- ५ श्रीमतीको अचानो प्रहारले श्रीमानको मृत्यु
- ६ आफ्नो पाचँ बर्षको कार्यकालमा वडाका थुप्रै अधुरा योजनाहरु पुरा गर्छुु : वडा अध्यक्ष थापा
- ७ जन्म दिनको अवसरमा बोगटीद्धारा क्यान्सर पिडितलाई आर्थिक सहयोग
- ८ ईयूको ग्यास खपतमा १५ प्रतिशतले कटौती गर्ने योजना आजदेखि लागू
प्रतिक्रिया दिनुहोस