आजदेखि स्वस्थानी व्रत कथा सुरु

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत र कथा वाचन आजदेखि सुरु भएको छ ।
पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन अर्थात् हिजोदेखि नै हात गोडाका नङ काटी, नुहाइधुवाइ गरी शुद्ध लुगा लगाएर आजदेखि यो व्रत सुरु गरिन्छ । बिहान स्नान गरी दिउँसो महादेवको पूजा गर्ने र बेलुकी स्वस्थानीको कथा सुन्ने र सुनाउने गरिन्छ ।
एक महिनासम्म यही विधिअनुरुप व्रत बसेर माघ शुक्ल पूर्णिमाका दिन एक सय आठ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता र विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दुर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनि भगवतीलाई अर्घ्य दिइने प्रचलन छ ।
स्वस्थानीको व्रत बसि कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । स्वस्थानी व्रतको एक महिनाभिर काठमाण्डौको साँखुमा रहेको शाली नदीमा मेला लाग्ने गर्छ । यस वर्षको मेला पनि सुरु भएकोे श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालि नदी सुधार समितिले जनाएको छ ।
यस्तै भक्तपुरको हनुमानघाटमा पनि माधवनारायणको एक महिने व्रत हुनेछ । पौराणिक कालमा पार्वतीले महादेव पति पाउनका लागि यो व्रत बसेको र महादेव पति पाएको र अरुले पनि यो व्रत बसेमा मनले सोचेको कुरा पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
यसैबीच आजैदेखि माघ स्नान पनि सुरु भएको छ । नुहाइधुवाइ गरेपछि भगवान विष्णुको पूजा गर्ने चलन छ । माघ स्नान गर्नेले सात्विक, अल्पहार र एक छाक मात्र खाना खाएर व्रत बस्ने चलन छ । माघमा तिल, सख्खर, धिउ र कम्बल दान गरेमा विशेष पुण्य हुने धार्मिक विश्वास पनि रहेको छ । उज्यालो
क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस