अछाममा सरस्वती पुजा बिभिन्न कार्यक्रम गरि मनाईयो

अछाममा बिभिन्न कार्यक्रम सरस्वतीको पुजा गरिएको छ । जिल्लाका अधिकाँस बिद्यालयमा पुजापाठ सहित साँस्कृतीक कार्यक्रम गरि सरस्वतीको पुजा गरिएको हो ।
यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका बिद्यालय तथा शैक्षीक सँस्थामा बिभिन्न कार्यक्रम गरिएका छन । सरस्वती माद्यामिक बिद्यालय जयगढमा पनी पुजा पाठ सरस्वतीको पुजा गरिएको छ भने सरस्वती मन्दिरको शिलान्यास समेत गरिएको छ ।
सरस्वती पुजाको अवसर सरस्वती माद्यामिक बिद्यालयमा निर्माण गरिने सरस्वती मन्दिरको शिलान्यास गरिएको हो । बिद्यालयमा निर्माण गरिन लागेको मन्दिरको बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले शिलान्यास गर्नुभएको छ ।
बिद्यालयमा पुजापाठ गर्न मन्दिर स्थापना गर्न लागीएको बिद्यालयका प्रधानाध्यापक टेक बहादुर कुँवरले बताउनुभयो ।
बिद्यालयको हाता भित्र निर्माण गर्न लागीएको मन्दिर निर्माण कार्यमा सहयोग गर्न बिद्यालय व्यवस्थापन समिति अध्यक्ष टेक बहादुर साउँदले सवैमा आग्रह गर्नुभएको छ ।
यस्तै
गोल्डेन लाईफ एकेडेमी जयगढमा बिविध सास्कृतीक कार्यक्रम गर्दै सरस्वती पुजा गरिएको छ ।
बिद्यालयका अध्यक्ष तरुण खड्काको अध्यक्षतामा आयोजना गरिएको सास्कृतीक कार्यक्रममा पुर्व जिविस सदस्य तथा समाजसेवी तीलक बहादुर खत्रीको प्रमुख अथिति रहनु भएको थियो । साँस्कृतीक कार्यक्रममा बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले बिविध प्रस्तुती प्रस्तुत गरेका थिए भने बिद्यालयमा उत्कृष्ट स्थान हासील गर्ने बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अथिति तिलक बहादुर खत्रीले शिक्षा बिनाको मानीस अधुरो रहने बताउदै आफ्ना नानी बावुहरुलाई उचित शिक्षा दिन तर्फ अभिभावक सचेत रहनुपर्ने बताउनु भएको छ । शिक्षा क्षेत्रका बिकृती हटाउन तथा गुणस्तरीय शिक्षा कायम गर्न सवै जागरुक हुनुपर्नेमा पनि समाजसेवी खत्रीले जोड दिनुभएको थियो । समाजसेवी प्रेम प्रसाद तिमिल्सैना बिशिष्ट अथिति रहनु कार्यक्रममा अभिभावक बिद्यार्थी लगायतको सहभागी रहनु भएको थियो ।
शिक्षिका रतनदेबी ठकुल्लाको स्वागत मनतब्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन सिद्धराज जैशी र बसन्त तिरुवाले गर्नुभएको हो ।
क्याटेगोरी : धर्म संस्कृति, शिक्षा, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस