हिउँदे बर्षात छिचोल्दै दर्शनार्थीहरुको भिड : बैद्यनाथ धाम (फोटो फिचर)
भगवान शिवले वैद्यको ज्ञान आर्जन गरेको स्थान :पौराणिक भनाई

नेपालका चार धाम मध्यको एक धाम बैद्यनाथ धामको बिषयमा केहि बिज्ञ ब्यक्तीहरु यस्तो बताउनु हुन्छ ।
धार्मिक पर्यटनको अथाह सम्भावना भएको भगवान शिबको पुजा हुने यो मन्दिरमा शिबरात्रीमा बिशेष मेला लाग्ने गर्दछ।
अछामको साँफेबगरमा रहेको वैद्यनाथधाम पौराणिक भनाई अनुसार भगवान शिवले वैद्यको ज्ञान आर्जन गरेको स्थान मानिन्छ ।
वैद्यनाथधामलाई आर्यवर्तका पवित्र चार धाम मध्येको एक पवित्र स्थान मानिन्छ । भगवान शिव र देवी पार्वती को विवाह यसै क्षेत्रमा भएको मानिन्छ ।
वैद्यनाथधाममा महाशिवरात्रीमा ठुलो मेला लाग्ने गर्दछ । जुन मेला हेर्नको लागि नेपाल र भारतका विभिन्न भू(भागबाट भक्तजनहरू आउने गर्छन ।
नेपालका चार धाम मध्यको एक धाम बैद्यनाथ धाम
सदरमुकाम मंगलसेन र प्रस्ताबित साँफेबगर साना शहरलाई केन्द्रबिन्दु बनाएर अवलोकनमा जान सकिने बैद्यनाथ, रामारोशन, खप्तड, तितौडा, पञ्चदेवल र अन्य धार्मीक तथा पर्यटकिय क्षेत्रको बिकासका लागि राज्यले पहल गर्न जरुरी छ ।