Techie IT

तिमिल्सैनमा सन्चालन हुने महायज्ञको तयारी अन्तिम चरणमा


तिमिल्सेनमा सन्चालन हुन लागेको बरदादेवी बान्नीगढी श्रीमद्भागवत विराट सप्ताहज्ञान महायज्ञको तयारी अन्तीम चरणमा पुगेको छ ।

बान्निगढि जयगढ गाउँपालिका वडा नम्वर ४ तिमिल्सैनमा यहि फागुन १५ गते देखि २१ गते सम्म सन्चालन हुने महायज्ञको तयारी अन्तीम चरणमा पुगेको हो ।

मानव कल्याण,वैदिक सनातन हिन्दु धर्मको संरक्षण संम्बर्धन,सामाजिक सद्भाव,शैक्षिक गुणस्तर पर्यटन प्रवर्दन तथा टुहुरा बालबालिका र एकल महिलालाई आर्थिक सहायता प्रदान गर्ने उद्धेश्यले महायज्ञ सँचालन हुन लागेको महायज्ञ मुल आयोजक समितिका सँयोजक कर्ण ठकुल्लाले बताउनु भएको छ ।

महायज्ञबाट सँकलन हुने आर्थिक रकम सहि रुपमा सदुपयोग गरिने सँयोजक ठकुल्लाले दावी गर्नुभयो । दैनीक रुपमा सँकलन हुने आर्थिक दानबारे प्रत्येक दिन जानकारी गराउनुका साथै महायज्ञ सम्पन्न भएको २ दिन भित्रै आयव्याय सार्वजनिक गरिने उहाले बताउनु भएको छ ।


क्याटेगोरी : धर्म संस्कृति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस