Techie IT

तिमिल्सैनमा धार्मीक महायज्ञ आज बाट सुरु


बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा वरदादेवी बान्नीगढि श्रीमद्भागवत बिराट साप्ताहज्ञान महायज्ञ आज बाट सुरु भएको छ ।

मानव कल्याण,वैदिक सनातन हिन्दु धर्मको संरक्षण संम्बर्धन,सामाजिक सद्भाव,शैक्षिक गुणस्तर पर्यटन प्रवर्दन तथा टुहुरा बालबालिका र एकल महिलालाई आर्थिक सहायता प्रदान गर्ने उद्धेश्यले तिमिल्सैनमा वरदादेवी महायज्ञ आज बाट सुरु भएको हो ।

 

वडा नम्वर ४ तिमिल्सैनका वडा अध्यक्ष तथा महायज्ञ मुल आयोजक समिति अध्यक्ष कर्ण बहादुर ठकुल्ला को अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकार नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रण बहादुर रावल प्रमुख अतिथी रहनु भएका थीयो ।

प्रमुख अतिथीको रुपमा बोल्दै नेता रावलले अछाम जिल्ला धार्मीक सम्पदाले भरिपुर्ण जिल्ला भएकाले पर्यटन पर्बधनमा सबै नागरिक एक जुट भएर लाग्नु पर्ने बताउनु भएको छ । आफ्नो जन्म भुमिलाई आफु र पाटीको तर्फ बाट हुने सहयोगमा आफु संधै लागीरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रमा बिशिष्ट अथीती नेपाली कांग्रेस अछामका पार्टी सभापति भरत कुमार स्वार , जिल्ला समन्वय समिति अछामका उप संयोजक टोप बहादुर रावल, ब्रम्हचारि श्रद्धेय स्वामी श्री निशेषान्नद जी महाराज रहनुभएको थियो ।

जोतिष आचार्य हरिकृष्ण उउपाध्याय ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन युवराज शर्माले गर्नुभएको थियो । महायज्ञ बिभिन्न धार्मीक कार्यक्रम सहित फागुन २१ गते सम्म सन्चालन हुने महायज्ञ मुल आयोजक समितीले जनाएको छ ।


क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!