वरदादेवी बान्नीगढि सप्ताहज्ञानको दाेस्राे दिन : करिव ५ सय श्रद्धालु भक्तजन

हिजो बाट सुरु भएको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा वरदादेवी बान्नीगढि श्रीमद्भागवत बिराट साप्ताहज्ञान महायज्ञमा आज दासो्र दिन करिब ५ सय जना श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको माहायज्ञ मुल आयोजक समिती अध्यक्ष तथा वडा नम्वर ४ तिमिल्सेनका वडा अध्यक्ष कर्ण ठकुल्लाले जानकारी दिनु भएको छ ।

मानव कल्याण,वैदिक सनातन हिन्दु धर्मको संरक्षण संम्बर्धन,सामाजिक सद्भाव,शैक्षिक गुणस्तर पर्यटन प्रवर्दन तथा टुहुरा बालबालिका र एकल महिलालाई आर्थिक सहायता प्रदान गर्ने उद्धेश्यले तिमिल्सैनमा वरदादेवी महायज्ञ हिजो बाट सुरु भएको हो । रेडियो बान्नीगढिको खबर डबलीमा महायज्ञको दोसा्रे दिनको जानकारी दिदै अध्यक्ष ठकुल्लाले यसरी नै श्रद्धालु भक्तजनको उल्लासमय सहभागीता रहि रहे महायज्ञको मुख्य उदेश्य सफल हुने बिस्वास ब्यक्त गर्नु भएको छ ।

फागुन २१ गते सम्म सन्चालन हुने उक्त महायज्ञमा शुदुरपश्चिमबासी श्रदालु भक्तजनहरुलाई पुण्य पा्रप्तीका लागी कथा बाचन श्रवण तथा झाँकी प्रस्तुत अवलोकनका लागी अध्यक्ष ठकुल्लाले सबैलाई निमन्त्रणा गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker