तिमिल्सैनमा जारी महायज्ञको तेस्रो दिन सम्म करिब २ लाख सँकलन

फागुन १५ गते बाट सुरु भएको बान्नीगढि जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनमा वरदादेवी बान्नीगढि श्रीमद्भागवत बिराट साप्ताहज्ञान महायज्ञको आज तेस्रो दिन करिब १ हजार ५ सय जना श्रद्धालु भक्तजनहरुको सहभागीता रहेको माहायज्ञ मुल आयोजक समिती अध्यक्ष तथा वडा नम्वर ४ तिमिल्सेनका वडा अध्यक्ष कर्ण ठकुल्लाले जानकारी दिनु भएको छ ।
महायज्ञको दोस्रो दिन हिजो बिभिन्न श्रद्धालु भक्तजनहरुबाट १ लाख ४ हजार रुपयाँ दान संकलन भएकोमा आज तेस्रो दिन ९० हजार आर्थीक संकलन भएको छ ।
महायज्ञको तेसो्र दिनको जानकारी दिदै अध्यक्ष ठकुल्लाले यसरी नै श्रद्धालु भक्तजनको उल्लासमय सहभागीता रहेमा महायज्ञको मुख्य उदेश्य सफल हुने बिस्वास ब्यक्त गर्नु भएको छ ।
फागुन २१ गते सम्म सन्चालन हुने उक्त महायज्ञमा शुदुरपश्चिमबासी श्रदालु भक्तजनहरुलाई पुण्य प्राप्तीका लागी कथा बाचन श्रवण तथा झाँकी प्रस्तुत अवलोकनका लागी अध्यक्ष ठकुल्लाले सबैलाई निमन्त्रणा गर्नु भएको छ ।
क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस