मानव हिंसाको पहिलो प्रेरणा बलि प्रथा अन्य गर्नु पर्छ : साँसद बोगटी

बलि प्रथाको अन्य गर्नुपर्ने साँसद बोगटीको जोड

अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य यज्ञ बोगटील बलि प्रथाको अन्य गर्नुपर्ने बताउनु भएको छ ।

बान्निगढी जयगढ गाँउपालिका वडा नं ४ तिमील्सैनमा जारी बर्दादेबी बान्निगढी श्रीमद्भागवत बिराट सप्ताह ज्ञान माहायज्ञकोे समापन समारोहमा बोल्दै बोगटीले सो कुरा उल्लेख गर्नुभएको हो । पशु बलि दिने प्रचलन अमानबिय र निन्दनिय भएकाले सबैले बलि प्रथा अन्त्यमा जुट्नु पर्ने सांसद बोगटीले उललेख गर्नुभयो ।

संसारमा हुने सबै मानव हिंसाको पहिलो प्रेरणा पनि पशु बलि भएकाले पनि बलि प्रथा अन्त्य गर्नेपने बोगटीले बताउनुभएको हो । संसारभरका सबै मान्छेमा चेतना र मानबता भरिदै आएकाले पनि यो प्रथा अब बिस्तारै अन्त्य हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

यसैबिच तिमिल्सैनमा जारी बर्दादेबी बान्निगढी श्रीमद्भागवत बिराट सप्ताह ज्ञान माहायज्ञको एक कार्यक्रमकाबिच समापन गरिएको छ ।

१५ गतेबाट शुरु माहायज्ञको आज सपापन गरिएको हो । सातदिनसम्म चलेको श्रीमद्भागवत बिराट सप्ताह ज्ञान माहायज्ञबाट संकलित दान रकमबाट एक अक्षयकोषको स्थापना गरिने र तिमील्सैनमा गुरुकुलको स्थापना गरिने माहायज्ञ मुल आयोजक सपिति संयोजक कर्ण ठकुल्लाले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker