Techie IT

बर्दादेवी बान्निगढी विराट सप्ताह ज्ञान माहायज्ञकोे सार्वजनिक सुनुवाई सम्पन्न


बर्दादेवी बान्निगढी विराट सप्ताह ज्ञान माहायज्ञकोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

२०७६ सालको फागुनमा सम्पन्न माँहायज्ञको एक बर्षपछि आज सार्बजनिक सुनाई गरिएको हो । सार्वजनिक सुनसवाई मार्फत माहायज्ञमा भएगरेका सम्पुणर् कार्यहरुकोे विवरण प्रस्तुत गरिएको थियो ।

विराट सप्ताह ज्ञान माहायज्ञमा १९ लाख ५२ हजार ७ सय ९९ रुपैँया आम्दानी भएको र १४ लाख ३२ हजार ३ सय ९७ रुपैँया खर्च भएको कार्यक्रम मार्फत प्रस्तुत गरिएको छ ।

माहायज्ञ मार्फत बिभीन्न ब्याक्ति तथा संस्थाहरुले घोषणा गरेको रकम मध्य ३ लाख ७७ हजार ६ सय दुई रुपैँया अझै संकलन नभएको बिबरणमा उल्लेख गरिएको छ । १ लाख ४२ हजार ८ सय रुपैँया अहिले मौज्दात रहेको उल्लेख छ ।


क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, स्थानीय, हेडलाईन

ढकाल रेडियो बान्नीगढिको स्टेशन म्यानेजर तथा बान्नीगढि टुडेको कार्यकारी सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस