अछाममा योग शिविर तथा सत्संग कार्यक्रम हुने (अडियो सहित)

अछाममा शुक्रबार बिहान योग शिविर, सत्संग तथा आयुर्वेदिक परामर्श कार्यक्रम हुने भएको छ ।
पतञ्जली योग समिति अछाम, अछाम बहुमुखी क्याम्पस तथा षोडशादेवि माध्यामिक विद्यालयको संयुक्त आयोजनामा योग शिविर तथा सत्संग कार्यक्रम हुने भएको हो ।
हरिद्धारबाट आउनु भएका साध्वि देवादितिको समुपस्थितिमा कार्यक्रम गर्न लागिएको पतञ्जली योग समिति अछामका अध्यक्ष जय बहादुर बोगटीले बताउनु भयो ।
साध्वि देवादिति सहित पतञ्जली योग समितिका बिशिष्ठ व्यक्तित्वहरुको समुपस्थितिमा चैत्र १३ गते बिहान साढे पाँच बजेदेखि कार्यक्रम हुने आयोजकले जनाएको छ ।
अछाम बहुमुखी क्याम्पसको प्रांगणमा बिहान साढे ५ बजेदेखि साढे ८ बजेसम्म योग तथा ९ बजेदेखि साढे १० बजेसम्म सत्संग र आयुर्वेदिक परामर्श कार्यक्रम गरिने अध्यक्ष बोगटीको भनाई छ ।
अछाम जिल्लामा यति बिशिष्ठ व्यक्तित्वको उपस्थितिमा पहिलो पटक कार्यक्रमको आयोजना गर्न लागिएको समेत उहाँले बताउनु भएको छ । योगले शरीर तथा चित्तको शुद्धि गर्ने भएकाले पछिल्लो समय यसमा आकर्षण बढीरहेको पाईएको छ ।
आवाज :-
क्याटेगोरी : धर्म संस्कृति, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस