Techie IT

दलित समुदायबाट पण्डित नियुक्त भएका रम्तेललाई दलित आयोगद्वारा सम्मान


ललितपुरको गोदामचौरमा पण्डित दिनबन्धु पोख्रेलले एक विशेष कार्यक्रमका बिच दलित समुदायका सोही गाउँ निवासी लक्ष्मण रम्तेललाई गणेश मन्दिरको मुख्य पुजारी नियुक्त गरे सँगै यो विषय निकै चर्चाको विषय नै बनेको छ ।

लामो समय देखि समाज परिवर्तन र धार्मिक सुधारमा लागेका पण्डित दिन बन्धु पोख्रेलले धर्मकै नाममा केही धर्म का खोल ओढेका धार्मिक गुरुहरूबाट दलित समुदायलाई धार्मिक रूपमा भएका विभेदलाई हटाउन निकै प्रयासमा लागेका छन् । यसै बिच लक्ष्मण रम्तेललाई पण्डित नियुक्त गरेको पोख्रेल बताउँछन् ।

सामाजिक सञ्जालमा कतै आलोचना , कतै प्रशंसा भइरहेकै बेला राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा सहित आयोगका पदाधिकारी गोदावरी , गोदामचौरमा गएर समान गरेका छन् आयोगका अध्यक्ष देवराज विश्वकर्माले समाजमा रहेका विभेद विरुद्ध विभिन्न सामाजिक सघ संस्था सँग सहकार्य गर्ने भन्दै दलित को मात्र समस्या होइन यो गैर दलितको पनि समस्या हो र यो समस्या हल गर्न गैर दलित आफै लाग्नु पर्ने बताउँदै धार्मिक सुधारको लागि दिनबन्धु पोख्रेलले जुन कदम चाल्नु भयो यो सराहनीय भएको बताउँदै आयोगले समान गरेको बताए । पण्डित दिन बन्धु पोख्रेल , लक्ष्मण रम्तेल , समाजसेवी अर्जुन रानालाई आयोगले दोसल्ला ओढाइ समान पत्रले समान गरेको थियो ।


क्याटेगोरी : धर्म संस्कृति, समाचार

मथुरा भुल रेडियो बान्नीगढीमा कार्यरत छन् । उनले समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस