Techie IT

जन्मदिनको अवसरमा पत्रकार बिसीले गरे परोपकारी काम


धनगढीमा रहेको मानव सेवा आश्रममा फलफूल वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिती सदस्य, रेडियो हाम्रो जाल्पाका कार्यकारी निर्देशक हाम्रो निगरानी डटकमका सम्पादक,नेपाल समाचारपत्र दैनिकका अछाम समाचारदाता धर्मेन्द्र बिसीले आफ्नो जन्मदिन र बुवाको ६ महिनाको पुण्य तिथिको अवसरमा मानव सेवा आश्रमलाई फलफुल वितरण गर्नु भएको हो ।

जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजिक कार्यमा खर्च गर्नु उचित हुने भएकाले आफुले आफनो जन्मदिनको अवसरमा आश्रमलाई फलफुल वितरण गरेको बिसीले बताउनु भयो । साहारा नपाएका मानिसहरूको लागि आश्रम अभिभावक जस्तै भएको उहाँले बताउनु भयो ।

साहारा बिहिन ,सडकमा खान नपाएर तड्पिरहेका नागरिको सेवा गर्नु नै देवताको पुजा गर्नु भएको उहाँले बताउनु भयो । जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई फलफूल वितरण गर्न पाउदा आफु निकै खुसी भएको पनि बताउनु भयो । सडकमा रहेका असाहयलाई सहारा दिने उदेश्यले खोलिएको आश्रममा पछिल्लो समय विभिन्न व्याक्तिले सहयोग र्गदै आएका छन ।

साथै उहाँले जन्म दिनको अवसरमा नेपाल पत्रकार महासंघ अछामले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा ५ हजार सहयोग गर्ने पनि बताउनु भयो । पत्रकार बिसीले यस अघि पनि जन्म दिनको अवसरमा बिभिन्न समयमा समस्यामा परेका नागरिक तथा पत्रकारलाई पनि सहयोग गर्दै आइरहनु भएको छ । जन्म दिनको अवसरमा मात्र नभई समस्यामा परेका नागरिकलाई जहिले पनि सहयोग गरी रहने पत्रकार बिसीले बताउनु भयो ।


क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस