Techie IT

धर्मगुरुहरूको क्षमता अभिवृद्धि गर्न एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न


धर्मगुरुहरूको क्षमता अभिवृद्धि गर्न साँफेबगरमा शनिवार एक दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

समुदायमा कोभिड १९ को कारणले वृद्धि भएको मानसिक समस्यालाई न्यूनीकरण गर्न बिभिन्न धर्मका धर्मगुरुहरूको क्षमता अभिवृद्धि गर्न तालीम भएको हो ।

समुदायमा कोभिड १९ को कारण वृद्धि भएको मानसिक समस्या न्यूनीकरणका लागि धर्मगुरुहरूलाई क्षमता अभिवृद्धि गरि तालिम पश्चात सिकेका ज्ञान सिप तथा अनुभवहरूलाई आआफ्नो समुदायमा प्रयोग गरि समुदायमा शान्ति कायम गर्ने कोभिड १९ विरुद्ध प्रभावकारी सञ्चार, शिक्षा, तयारी र प्रतिक्रियाका लागि धार्मिक धार्मिक नेताहरूको भूमिका महत्त्वपूर्ण बनाउन तालिमको आयोजना भएको हो ।

तालिमको आर्थिक सहयोग ब्रेड फर द वल्डले गरेको थियो भने साझेदारी अन्तर धार्मिक शान्ति महासङ्घको हो भने तालिमको आयोजना सशक्तीकरणका क्षेत्रमा युवाहरू एस नेपालले गरेको थियो ।

तालिममा बिभिन्न धर्मका धर्मगुरु तथा आस्थावान् २० जना बढी सहभागी रहेका थिए । तालिमको सहजीकरण लोक बहादुर नेपालीले गर्नु भएको थियो भने तालिमको उद्देश्यका बारेमा सहभागीहरूलाई जानकारी संस्थाका कार्यकारी प्रमुख दीपिका बोहराले गर्नुभएको थियो ।

तालिममा जीवनलाई सुखी बनाउन, निरोगी बनाउन, मनलाई सकारात्मक बाटोमा लिन सबै आफ्नै हातमा भयकाले सधैँ सकारात्मक बाटोमा हिँड्ने प्रेरणा मिलेको सहभागीहरूले बताउनु भएको थियो । तालिममा सिकेका कुरा व्यवहारीक रुपमा लागु गर्नुका साथै समुदायमा पनि जानकारी गराउने तालिमका सहभागी तथा अन्तर धार्मिक सञ्जाल अछामका अध्यक्ष कविराज शर्माले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

सशक्तीकरणका क्षेत्रमा युवाहरू एस नेपाल का कार्य समिति सदस्य ढकेन्द्र कुँवरले संस्थाका बारेमा जानकारी गराउदै तालिमको समापन गर्नु भएको थियो ।


क्याटेगोरी : धर्म संस्कृति, मुख्य समाचार, समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस