Techie IT

बान्नीगढी गाउँपालिका : ऐतिहासिक जयगढको सरस्वती मन्दिर नामेट, खाल्डो खन्दै,पुर्दै गाउँपालिका


हचुवाको तालमा बजेट खर्चिँदाको परिणाम बान्नीगढी जयगढ गाउँपालिकामा देखीएको छ ।

गुरु योजना र दीर्घकालीन रणनीति बिनै जयगढमा रहेको सरस्वती मन्दिर पुनः निर्माणका नाममा भत्काइँदा जयगढ बजारको पहिचानका रुपमा रहेका सरस्वती मन्दिरसँगै मन्दिरको इतिहास नामेट हुन पुगेको छ ।

गाउँपालिकाले गुरु योजना बिनै मन्दिर निर्माणका लागी बजेट विनियोजन गरि पुरानो मन्दिर भत्काउँदा ऐतिहासिक सरस्वती मन्दिर नामेट हुन पुगेको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र अर्थात् अछामको ऐतिहासिक व्यापारी केन्द्र जयगढको गरिमाका रुपमा रहेको सरस्वती मन्दिर निर्माणका नाममा मन्दिर भत्काउँदै मन्दिर परिसरमा ठुलो खाल्डो खनिएको थियो ।

गाउँपालिकाको आर्थिक २०७४।७५ को वार्षिक बजेटबाट ४ लाखको लागतमा सरस्वती मन्दिरलाई भत्काउँदै मन्दिर परिसरमा नयाँ मन्दिर निर्माणका नाममा उपभोक्ता समिति मार्फत खाल्डो खनाइएको थियो ।

जयगढ बजारमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको अवशरमा मेला लाग्दै आएको थियो भने सरस्वती मन्दिरमा पूजाआजा सहित भजनकृतन गर्ने गरिएकोमा हाल मन्दिरको नाम निसाना नामेट पारिदा श्री कृष्ण जन्माष्टमीका दिन हुने पूजाआजा र मेला ओझेलमा परेको छ ।

सुविधा सम्पन्न अत्याधुनिक सरस्वती मन्दिर निर्माण निर्माणका नाममा आर्थिक वर्ष २०७४।७५ मा ४ लाख रुपैयाँ विनियोजन गर्दै मन्दिर भत्काउँदै खाल्डो खन्न लगाउने बान्नीगढी गाउँपालिका अरू आर्थिक वर्षमा मन्दिर निर्माणबारे बेखवर मात्र देखीएको छैन ।

आर्थिक वर्ष २०७५।७६,०७६।७७ र ७७।७८ मा गाउँपालिकाले सरस्वती मन्दिर निर्माणका नाममा कुनै पनि रकम विनियोजन गरेको छैन । तर सरस्वती मन्दिर बाहेक पालिकाका अन्य मन्दिरहरू निर्माणका नाममा भने गाउँपालिकाले बजेट विनियोजन गरेको तथ्याँकले देखाउँछ ।

जयगढको पहिचानका रुपमा रहेको सरस्वती मन्दिर निर्माणका नाममा मन्दिर भत्काएर खाल्डो खनिनु र मन्दिर निर्माणको काम अलपत्र पारिनु लज्जास्पद विषय बनेको अधिकांशको भनाई छ ।

ऐतिहासिक सम्पदाहरू संरक्षण गर्नु गराउनु स्थानीय सरकारको दायित्व भए पनि गाउँपालिकाकै सक्रियतामा मन्दिर भत्काउनका लागी बजेट विनियोजन गरिनु र मन्दिर भत्काउँदै खाल्डो खनेर निर्माणको काम अलपत्र पार्ने जस्ता काममा गाउँपालिका सरकार र जनप्रतिनिधिको सक्रियता देखीनु आम नागरिकका लागी लज्जास्पद र दुःखद विषय बनेको नेकपा एकिकृत समाजवादीका गाउँपालिका कमिटी अध्यक्ष तरुण खड्काले बताउनुभयो ।

बाईट : तरुण खड्का

यता नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँपालिका कार्य समितिका सचिव खेमराज साउँद पनि मन्दिर निर्माणका नाममा इतिहास नामेट पारिएकोमा असन्तुष्ट छन् ।

मन्दिर निर्माणका नाममा मन्दिर भत्काउने काम भएको बिषयमा प्रतिक्रिया उहाँले विकासका निम्ति आयको बजेटको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै उद्देश्य बिनाको योजनाबाट धार्मिक विकास हुन नसक्ने उल्लेख गर्नु भएको छ ।

ऐतिहासिक सरस्वती मन्दिर बारेमा सामाजिक सञ्जालमा स्टाट्स र कमेन्ट :

सामाजिक सञ्जाल फेसबुक मार्फत बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रका बिभिन्न गतिविधि माथि निगरानी तथा भण्डाफोर गर्दै आएको सुदूरपश्चिम फेसबुक नामको आइडीले समेत सरस्वती मन्दिर निर्माणका नाममा मन्दिर भत्काएर खाल्डो खन्ने तथा पुर्ने काम गरिएको बिषयमा विरोध गरेको देखिन्छ ।

बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रमा रहेको जयगढ बजार जयगढ बजारको पहिचानका रुपमा रहेको सरस्वती मन्दिर निर्माणका नाममा मन्दिर भत्काउँदै खाल्डो खन्ने र पुर्ने काम गरिएकोप्रति वडा नम्बर ३ का वडा कुल बहादुर शेट्टि समेत आक्रोशित रहेका छन् ।

वडाध्यक्ष शेट्टीले जयगढ बजारमा रहेको सरस्वती मन्दिर निर्माण कार्य अलपत्र पर्नु दुःखद भएको बताउनु भएको छ । जयगढ बजारको पहिचानका रुपमा रहेको ऐतिहासिक मन्दिर सरस्वती मन्दिर निर्माणका नाममा हचुवाका तालमा भत्काइनु, लाखौँ खर्च गरेर खाल्डो पुर्नु र अन्त्यमा आएर मन्दिर निर्माण नगरी खाल्डो पुरिनु लज्जास्पद विषय बनेको शेट्टिले बताउनुभयो । ऐतिहासिक मन्दिर किन भत्काएको र फेरी खनेको खाल्डो किन पुर्न लागिएको हो भन्नेमा गाउँपालिका प्रमुख र अन्य प्राविधिकहरुसंग आवश्यक छलफल गर्ने उहाँले बताउनु भएको छ ।

बाईट : कुल बहादुर शेट्टि

आर्थिक वर्ष २०७४।७५ मा मन्दिर निर्माणका लागी भन्दै मन्दिर भत्काउन र खाल्डो खन्नका लागी ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाले यस आर्थिक वर्षमा भने सरस्वती मन्दिर निर्माणका लागी २५ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक बजेटमा सरस्वती मन्दिर निर्माण शीर्षकमा रु २५ लाख बजेट विनियोजन गरिएको छ ।

सङ्घीयता कार्यान्वयन भई बान्नीगढी जयगढ गाउँपालिका निर्माण हुनु अगावै पनि सरस्वती मन्दिर पुनः निर्माणका नाममा जयगढमा महायज्ञ समेत सञ्चालन गरिएको थियो । तर महायज्ञ सम्पन्न भएको बर्षौ बितिसक्दा समेत महायज्ञको हिसाब किताब सार्वजनिक गरिएको छैन ।


क्याटेगोरी : धर्म संस्कृति, बान्नीगढी बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!