अछाममा २ अरब ७६ करोड ४३ लाख वजेट विनियोजित ,कुन स्थानिय तहमा कति हेर्नुहोस

आगामी आर्थिक वर्ष ०७६÷७७ को लागि अछामका दश वटा स्थानीय तहको लागि केन्द्र सरकारले २ अरब ७६ करोड ४३ लाख वजेट विनियोजित गरेको छ । वित्तीय समानिकरणमा ९४ करोड ८१ लाख र सशर्त अनुदानमा १ अर्ब ८१ करोड ६२ लाख बजेट विनियोजित भएको छ । अछामका १० वटा स्थानीय तह मध्ये सबैभन्दा बढी साँफेबगर नगरपालिका बजेट आएको छ । साँफेबगर नगरपालिकामा वित्तीय समानिकरणमा ११ करोड ५५लाख र सशर्त अनुदानमा ३१ करोड ३५ लाख गरि ४२ करोड ९० लाख बजेट प्राप्त गरेको छ । चालु आर्थिक वर्षको भन्दा साढे ५ करोड बढी बजेट प्राप्त गरेको छ ।
सुदुरपश्चिम् प्रदेशका सात वटा पहाडी जिल्ला मध्ये सबै बन्दा बढी बजेट पाउने साँफेबगर नगरपालिका पनि बनेको छ । सुदुरपस्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये बढी बजेट पाउनेमा साँफेबगर नगरपालिका ५ औं नम्बरमा रहेको छ । सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकामा बजेट आएपनी भूगोल र क्षेत्रफलालाई हेर्न हो भने सबै भन्दा कम बजेट ढकारी गाउँपालिकामा आएको छ । बान्निगढी जयगढ गाउँपालिकामा १९ करोड ६७ लाख बजे आएको छ । ढकारी गाउँपालिकालाई १९ करोड ८७ लाख बजेट बिनियोजित गरिएको छ । ८ वटा वडा रहेको ढकारी गाउँपालिकामा ६ वटा वडा रहेको बान्निगढी जयगढ गाउँपालिका भन्दा २० लाख मात्र बढी बजेट आएको छ ।
यस्तै गाउँपालिकाम सबैभन्दा बढी बजेट पाएको तुर्माखाद गाउँपालिकाले, कमलबजार ,पन्चदेवल विनायक नगरपालिकालाई उछिनेको छ । तुर्माखाद गाउँपालिकाले २९ करोड ४० लाख बजेट प्राप्त गर्दा कमल बजार नगरपालिकाले २७ करोड ४९ लाख र पन्चदेवल विनायक नगरपालिकाले २८ करोड ९६ लाख बजेट मात्र प्राप्त गर्न सकेको छ । कमल बजार नगरपालिकालाई रामारोशन गाउँपालिकाले पनि बजेटमा उछिनेको । कमलबजार नगरपालिकाले २७ करोड ४९ लाख बजेट प्राप्त गर्दा रामारोशन गाउँपालिकाले २८ करोड ८६ लाख बजेट प्राप्त गरेको छ। यस्तै मंगलसैन नगरपालिकामा ३२ करोड ७४ लाख बजेट प्राप्त गरेको छ । मेल्लेख गाउँपालिकामा २३ करोड ३३ लाख र चौरपाटी गाउँपालिकामा २३ करोड २१ लाख बजेट बिनियोजित भएको छ ।
क्याटेगोरी : अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस