बर्दादेवी सप्लायर्स जयगढमा लगाईएको ताला खोलीयो( भिडियो )

बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा रहेको बर्दादेवी सप्लायर्समा लगाइएको ताला खोलिएको छ ।
शनिवार जयगढमा भएको सरोकारवालाको छलफल पश्चात सप्लायर्समा लगाईएको ताला खोलिएको हो । जेठ १४ गतेबाट पुर्ण रुपमा बन्द रहेको सप्लायर्स सरोकारवालको छलफल पश्चात आजबाट सँचालनमा आएको छ ।
बान्नीगढी जयगढ गाउँपालिकाको बैशाख २६ गतेको कार्यपालिका बैठकले गाउँपालिकामा कमशल तथा गुणस्तरहिन मदिरा व्यवस्थापन गर्ने निर्णय गरेसँगै प्रहरी प्रशसनले सर्वसाधारण व्यक्तिलाई मात्र कार्वाहि गरेको भन्दै नवराज साउँद नेतृत्वको समुहले जयगढ प्रहरी चौकि घेराउ गर्दै कमशल तथा गुणस्तरहिन मदिरा बिक्रि बितरण गर्ने डिलरहरुमा छापा हान्नुपर्ने माग गरेको थियो ।
नागरीक समाजका तर्फबाट अगुवाई गर्नु भएका साउँदको समुह र प्रहरी प्रशासन बिच सहमती सँगै जेठ १४ गते साँझ बर्दादेवी सप्लायर्समा ताला लगाईएको थियो । यसै बिच बर्दादेवी सप्लायर्सका सँचालक सन्तोष खड्काले पुर्वाग्राहि ढँगबाट सप्लायर्समा मात्र ताला लगाईएको बताउनु भएको छ ।
जयगढ बजारका अन्य पसलहरुमा खुला रुपमा कमशल तथा गुणस्तर मदिरा बिक्रि बितरण भईरहदा त्यस तर्फ कुनै ध्यान नदिई बर्दादेवी सप्लायर्समा मात्र पुर्वाग्राहि ढँगबाट तला लगाईएको उहाको भनाई थियो । जयगढमा पत्रकार सम्मेलनको आयोजना गर्दै सँचालक खड्काले सँबिधानले प्रदान गरेको सम्पति आर्जनको हकबाट समेत बञ्चित गर्न खाजेको खड्काले बताउनुभयो ।
राज्यलाई ठुलो सँख्यामा कर बुझाउदै आएको बर्दादेवी सप्लायर्समा के कति कारणले ताला लगाईएको भन्ने बिषयमा आफु बेखवर रहेको बताउदै उहाले यस बिषयमा प्रहरी प्रशासनमा उजुरी गर्दा समेत प्रहरी प्रशासनले सुनुवाई नगरेको बताउनुभयो । स्वतन्त्र रुपमा व्यापार सँचालन गर्दै आएको आफुमाथि अन्याय हुदा समेत गाउँपालिका तथा प्रहरी प्रशासनबाट आवश्यक सहयोग नपाएकोमा खड्काले आक्रोश पोख्नु भएको छ ।
ताला लगाउने समुहलाई पटक पटक बार्ताका लागी आग्रह गर्दा समेत बेवास्था गरिपछि जयगढमा बर्दादेवी सप्लायर्सले सर्वपक्षिय कार्यक्रको आयोजना गरेको हो । पत्रकार सम्मेलन पश्चात भएको सर्वपक्षीय छलफल कार्यक्रमका सहभागीहरुले बिना कारण व्यपार तथा व्यवसाय सँचालनमा रोक लगाउन नहुनेमा जोड दिएका थिए ।
पुर्वाग्राहि ढंगबाट सप्लायर्समा ताल लगाईएको सहभागीको भनाई थियो । छलफलमा बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, मानव अधिकार तथा शान्ती समाज नेपालका केन्द्रिय सचिव मदन कुँवर,जयगढ बजारका व्यपारी तथा समाजसृवी लगायतको सहभागीता रहेको थियो ।
सर्वपक्षीय छलफलका सहभागी सरोकारवालाले ताला खोल्न सहमति जनाएसँगै प्रहरी प्रशासन,जनप्रतिनिधि पत्रकार लगायत स्थानियको रोहबरमा ताला खोलिएको हो ।
क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, विशेष, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस