खप्तड लघु जलविद्युत योजनाको सफल परिक्षण

एकेन्द्र महता,अछाम २५ जेठ ।

साँफेबगर नगरपालिका १२ खप्तडमा निर्माण भएको खप्तड लघुजल विद्युत् आयोजनाको सफल परिक्षण गरीएको छ ।

२०७० देखि निर्माण कार्य सुरु भएको विद्युतको सफल परिक्षण गरीएको हो । उक्त विद्युत निर्माणमा बैकल्पिक उर्जाबाट १ करोड २७ लाख ५० हजार, गरीबी निवारण कोष २५ लाख, तत्कालिन निर्वाचन क्षेत्र विकास कोषबाट २०७० मा १५ लाख, तत्कालिन जिल्ला विकास समिती अछामबाट ५ लाख रुपैँया प्राप्त भएको निर्माण उपभोक्त समितीका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनु भयो ।

यस्तै खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट ५ लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ को क बाट १५ लाख, शुदुर पश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख गरी २ करोड ३९ लाख ५७ हजारको लागतमा खप्तड जलविद्युत आयोजनाको निर्माण भएको अध्यक्ष कडायतले बताउनु भएको छ ।

हाल सम्म उक्त योजनामा २ करोड ४३ लाख ५ हजार ९ सय २ रुपैँया ४९ पैँसा रकम खर्च भइसकेको जनाईएको छ । विद्युत परिक्षण गर्न आफूहरु सफल भए पनि अझै रकम अभाबका कारण उदारोमा काम गरिरहेको र मेसिन गरिद गरेर ल्याएको कम्पनीको रकम पनि तिर्न बाँकी रहेको समितीले जनाएको छ ।

विद्युत निर्माण भएसंगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यरेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय र स्थानीय बासिन्दालाई प्रत्यक्ष लाभ हुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker