तरकारीमा आत्मनिर्भर बन्दै बान्नीगढी गाउँपालिकाका कृषक

बान्नीगढी जयगढ गाउँपालिकाका किसानहरु तरकारीमा आत्मनिर्भर बन्दै गएका छन ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि तरकारी खेतीबाटै उनीहरु आत्मनिर्भर बन्दै गएका हुन । आलु खेतीको पकेट क्षेत्रका रुपमा समेत रहेको गाँउपालिकामा अधिकांश कृषकको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती रहेको छ ।

केहि कृषकले आम्दानीका लागि त केहीले घरयासी आवश्यकता लागी तरकरी खेती गर्दै आएका छन् । तरकारी व्यवसायमा कृषकहरुलाई आकर्षीत बनाउन स्थानियलाई गाँउपालिकाले पनि सहयोग गर्दै आएको छ ।

बिशेष गरी बान्नीगढी जयगढ गाउँपालिकाको छातासेन लाई गाउँपालिकाले आलु पकेट क्षेत्रका रुपमा घोषणा समेत गरीसकेको छ । कृषकहरुले छातासैन,गाज्रा,तिमिल्सैन,कालीका,दर्नाका केही क्षेत्रमा तरकारी खेती गर्दै आएका छन । तरकारी खेती गर्न कृषकहरुलाई सहज होस भन्नका लागी गाउँपालिकाले बिभिन्न तालीम,गोष्टी र तरकारीका बिउँ,बिजन समेत प्रदान गर्दै आएको छ ।

यसै बिच बान्नीगढी जयगढ गाउँपालिकाका ४ जना कृषक उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने भएका छन । उत्कृष्ट कृषक पुरस्कारका लागी गाउँपालिकाका ८ जना कृषकहरुले फारम भरेकोमा ४ जना कृषकलाई छनोट गरी २५ हजारका दरले पुरस्कृत गरिने भएको छ ।

उत्कृष्ट कृषक पुरस्कारका लागी अवेदन दिनु भएका मध्य गाउँपालिकाको वडा नम्बर ६ दर्नाका झंकरी टमट्टाले तरकारी खेतीबाट बार्षिक रुपमा २ लाख सम्म आम्दानी गर्दै आएको बताउनुभयो । बिदेश गएर पसिना बगाउनु भन्दा पनि स्वदेशमै केही काम गर्नु उक्तम हुने उहाको भनाई छ ।

छातासैनमा तरकारी तथा आलु व्यावसाय गर्दै आउनुभएका रत्ना ठकुल्लाले तरकारी व्यवसायबाट घर खर्च देखी छोराछोरीलाई शिक्षा दिक्षा सँगै मनग्य आम्दानी गर्दै आएको बताउनु भएको छ । बर्षाै देखी तरकारी पेशा गर्दै आएकोमा तरकारी व्यवसायबाट आफु सन्तुष्ट रहेको ठकुल्लाको भनाई छ ।
कृषी व्यवसायमा लागेर आत्मनिर्भर बन्दै गएका कृषकहरुलाई तकारी व्यवसायमा प्रोत्साहित बनाउन गाउँपालिकाले आवश्यक सहयोग गर्न जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker