जयगढ सहकारीको अध्यक्षमा रतन साउँद चयन ( भिडियो )

जयगढ बचत तथा ऋण सहकारी सँस्था जयगढको छैटौँ बार्षीक साधारण सभा सम्पन्न भएको छ ।
रतन साँउदको नेतृत्वमा ११ सदस्यिए समिती चयन गर्दै सहकारीको छैटौँ बार्षीक साधारण सभा आज सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा रेबन्ति ठकुल्ला , सचिबमा गोकुल साउँद तथा कोषध्यक्षमा निर्मला रावल चयन हुनुभएको छ । नब अध्यक्षमा चयन हुनुभएका साँउदले जयगढ बचत तथा श्रृण सहकारी संस्थालाई आफ्नो कार्यकाल भित्र नयाँ गतिमा पुय्यउने बताउनुभयो । उहाँले जयगढ सहकारीलाई अरु सहकारी भन्दा पृथक सहकारीको पहिचानमा पुर्याउने दाबी गर्नुभयो ।
सहकारी सँस्थाका अध्यक्ष भक्त बहादुर धामीको अध्यक्षतामा भएको साधारण सभाका बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष लोक बहादुर साउँद प्रमुख अथिति रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले बिक्तीय सहकारी बिना गाउँपालिकाको अर्थीक समृद्धि हुन नसक्ने बताउनु भएको छ ।
आर्थीक उन्नतीका लागी प्रत्येक नागरीकले बचत गर्ने बानी बसाल्न जरुरी हुनेमा जोड दिदै उपाध्यक्ष साउँदले र गाउँ समाज सँगै व्यक्तीको आर्थिक समृद्धिका लागी सहकारीको विकास हुन जरुरी रहेको बताउनुभयो । गाउँपालिकाको बार्षीक निति तथा कार्यक्रम अन्र्तगत सहकारी मार्फत सँचालन गर्न सकिने कार्यक्रम तथा बजेट व्यवस्थापन गर्न सहयोग गर्ने गाउँपालिका उपाध्यक्ष साउँदले प्रतिबद्धता जनाउनु भएको छ ।
आर्थिक बर्ष २०७५।७६ को कुल १ करोड ९२ लाख ७ हजार ९ सय ४५ रुपैया बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छैटौँ साधारण सभा कार्यक्रममा सहकारीका नियमित बचतकर्ता,ऋणी लगायतलाई सम्मान समेत गरिएको थियो । सहकारी सँस्थाका उपाध्यक्ष मोती धामीले स्वागत गर्नुभएको कार्यक्रमको सँचालन सँस्थाका सचिव रतन बहादुर साउँदले गर्नु भएको थियो ।
भिडियो :
क्याटेगोरी : अर्थ खबर, समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस