बिकासे बजेट खर्च गर्न अछामका स्थानिय तहलाई सकस

दिनेश केशी,रेडियो बान्नीगढी
बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि अछामका स्थानिय तहहरुलाई बिकासे बजेट खर्च गर्न सकस देखिएको छ ।
चालु आर्थिक बर्षको ४ महिना बितिसक्दा अछामका स्थानिय तहहरुमा बजेट खर्च न्युन देखिएको हो । स्थानीय तहहरुमा कर्मचारीको अभाव, निजि कर्मचारीमा बिकासे बजेट खर्च लगायतका समस्याका कारण यस बर्ष पनि कछुवा गतिमा बिकासे योजना सन्चालन भईरहेका छन । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकामा ।
चालु आर्थिक वर्षको ४ महिना बित्दा नगरपालिकाले जम्मा १ प्रतिशतको हाराहारीमा मात्रै विकास बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पञ्चदेवल बिनायक नगरपालिकाले १ लाख पचास हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यो वर्षको लागि १० करोड रुपैयाँ विकास बजेट छुट्याएको छ ।
यस्तै चालु आर्थिक वर्षको लागि ४३ करोड रुपैयाँ चालु खर्च छुट्याएकोमा पहिलो चौमासिक मा १ लाख ५० हजार मात्रै खर्च भएको पञ्चदेवल बिनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम माझीले बताउनु भयो ।
कुराकानी पदम माझी
यता मेल्लेख गाउँपालिकाले चालु आर्थीक बर्षको पहिलो चौमासिकमा करिब ३.६२ प्रतिशत मात्रै बिकास बजेट खर्च गरेको छ ।
चालु आर्थीक बर्षको बिकास बजेट ८ करोड ७७ लाख १८ हजार मध्यको करिब ३.६२ प्रतिसत बिकास योजनामा खर्च भएको हो । मेल्लेख गाँपालिकाले यो बर्ष नागरिकहरुको आवातजावतमा सहजताको लागी दुईवटा बष खरिद गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिक्मत बुढाले बताउनु भयो ।
बिकास योजनामा भईरहेको ढिलासुस्ती हटाउन यस बर्ष स्थलगत पा्रबिधीक खटाउने , उपभोक्ता समितीलाई प्रशिक्षणका कार्यक्रम राख्ने गाउँकार्यपालिकाले नै निर्णय गरेको अधिकृत हिक्मत बुढाले उल्लेख गर्नु भयो । यसै बिच आज हामीले चालु आर्थीक बर्षको पहिलो चौमासीमा बिकासे बजेट कति खर्च भयो भनेर मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हिक्मत बुढासंग कुराकानी गरेका छौ ।
कुराकानी हिक्मत बुढा
क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस