मालिका बिकास संघद्धारा बान्नीगढीका कृषकलाई उन्नत विउँ बितरण

मालिका बिकास संघ नेपाल अछामले बान्नीगढी जयगढ गाउँपालिकामा उन्नत जातको विउँ बितरण गरेको छ ।
डिसिए नेपालको सहयोगमा मालिका बिकास संघ नेपालद्धारा संचालीत साकार परियोजना मार्फत बान्नीगढी जयगढ गाउँपालिकामा उन्नत जातको बेशार र अदुवाको विउँ बितरण गरिएको हो ।
गाउँपालिकाका ६ वटै वडाका १५० जना कृषकलाई उन्नत जातको अदुवा र बेशारको विउँ बितरण गरिएको बताईएको छ ।
मालिका बिकास संघ नेपाल अछाम साकार परियोजनाका फोकल पर्सन रतन रावलका अनुसार ७५ जना कृषकलाई बेशार र ७५ जनालाई अदुवाको विउँ बितरण गरिएको हो ।
मुल्य श्रृंखलालाई बृद्धि गरि कृषकहरुको आय आर्जनमा टेवा पुर्याउने उद्धेश्यले विउँ बितरण गरिएको रावलले बताउनुभयो ।
कृषकको व्यवसायीक क्षमता अनुसार विउँ बितरण गरिएको बताईएको छ । गाउँपालिकाको ६ वटै वडामा रहेका कृषी सहकारीले छनोट गरि सिफारिस गरेका कृषकहरुलाई विउँ बितरण गरिएको हो ।
बान्नीगढी जयगढ गाउँपालिका कृषी शाखाद्धारा विउँको गुणस्तर मापन गरे पश्चात कृषकहरुलाई विउँ बितरण गरिएको बताईको छ ।