सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज ल्याउने भएको छ। प्रदेशका सभामुख अर्जुनबहादुर थापाले आज दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिने कार्यसूची तय भएको बताए।
प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तले प्रदेश सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्ने उनले बताए। सुदूरपश्चिम प्रदेश सरकारले आगामी वर्ष स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाइएको छ।
कोरोना भाइरसका कारणले सिर्जित असहज अर्थतन्त्रलाई चलायमान बनाउन स्वास्थ्य, कृषि, रोजगार र उद्योगलाई प्राथमिकता दिएर आगामी वर्षको नीति तथा कार्यक्रममा समेटिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बताए।
उनले विपद्मा परेका व्यक्तिको उद्धारका लागि केन्द्र स्थापना गर्न बजेट ल्याइने, दार्चुलाको ब्यास गाउँपालिका लागि विशेष विकास प्याकेज ल्याउनेलगायतमा जोड दिइने बताए।
प्रदेश सरकारले एकीकृत विकास प्रणालीमा आगामी बजेट निर्माण गर्ने उनको भनाइ छ।
दिनेश खवरबाट साभार
क्याटेगोरी : अर्थ खबर, प्रदेश, मुख्य समाचार, समाचार, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस