Techie IT

सेन्चुरि बैंकद्वारा गरिब तथा जेहन्दार बिद्यार्थीलाई झोला बितरण


लालबहादुर चदारा,अछाम

मेल्लेख गाउपालिका मा रहेको सेन्चुरि कम्मर्सियल बैंक मेल्लेख शाखा द्वरा आज मेल्लेख गाउपालिका अन्तर्गतका ३८ बिद्यालय का ७६ जना बिद्यार्थी हरुलाई झोला बितरण गरेको छ ।

बैंकको संस्थागत समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरिब तथा जेहेन्दार बिद्यार्थी हरुलाई झोला बितरण गरिएको बैंकका मेल्लेख शाखा प्रबन्धक ललित ताम्राकारले बताउनु भयो ।

गरिब तथा उतकृष्ट बिद्यार्थी हरुलाइ मेल्लेखका ८ वटै वडा बाट बिद्यार्थी लाई छनोट गरि बितरण गरिएको प्रबन्धक ताम्राकारको भनाई छ । बिद्यार्थी हरुलाई सहयोग पुग्ने गरि मनोबल बृर्दिका साथै शैक्षिक गुणस्तर बृदिमा सहयोग पुर्याउन शैक्षिक सामाग्री सहयोग गरिएको हो ।

बिद्यार्थीहरुको पढाई लेखाईमा सहजताका लागी बैँकले सहयोग गरेकोमा खुसी व्यत्त गर्दै मेल्लेख गाउपालिका अध्यक्ष लोक बहादुर बोहोराले बैंक लाई धन्यवाद दिनु भएको छ । झोला बितरण कार्यक्रममा मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खडका पुर्ब शिक्षा शाखा सयोजक कालुसिह बोहोरा बैकका सम्पूर्ण कर्मचारी लगायतको सहभागिता रहेको थियो


क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस