वडा अध्यक्षले नै तालागाड लघु जलबिद्युत आयोजना भत्काउन लगाएको आरोप

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्वर ५ लयाँटिमा रहेको तालागाड लघु जलबिद्युत आयोजना अवरुद्ध भएको छ ।
बेला बेलामा अवरुद्ध हुदै आएको जलबिद्युत आयोजना मंगलवारदेखी अवरुद्ध भएको हो ।
बिगतमा प्राविधिक कारणबस अवरुद्ध आएको योजना यस पटक भने बिद्युत आयोजनाको कुलो ,पाईप लगायतका सामाग्री केहि व्यक्तिको संलग्नतामा भत्काईएपछि अवरुद्ध भएको बताईएको छ ।
बिद्युत आयोजनाका लेखापाल गणेश बहादुर शाहिका अनुसार वडाका केहि अगुवाको संलग्नता मै उक्त आयोजनाको नहर,पाईप लगायत भत्काउनुका साथै खोलामा बगाईएको हो ।
यता नेपाल कम्युनिष्ट पार्टि (नेकपा) अछामका जिल्ला पार्टि कार्यालय सचिव नमराज न्यौपानले भने वडा अध्यक्षकै निर्देशनमा लघु जलबिद्युत आयोजनाको नगर,पाईप भत्काईएको र बगाईएको दावी गर्नु भएको छ ।
सामाजीक संजाल फेसवुकमा स्टाटस लेख्दै नेता तथा कार्यालय सचिव न्यौपानले जलबिद्युत आयोजनाको नगर र पाईप वडा अध्यक्षकै निर्देशनमा भत्काईएको दावी गर्नु भएको हो ।
न्यौपानेले पञ्चदेवल बिनायक नगरपालिकाका बिकास निर्माण र जनप्रतिनिधिको भुमिका बिषयमा चासो सहित लघु जलबिद्युत आयोजनाको नगर भत्काईएको बिषयमा लेखेका छन : वडाध्यक्षले संचालनमा रहेको विद्युतको कुलो भत्काउन निर्देशन दिएर कुलोको पाइप खोलामा बगाइदिए र नगरलाइ अन्धकार बनाइदिए

पटक पटक अवरुद्ध हुदै आएको आयोजना सुनुयोजीत ढंगवाट भत्काईएका बिषयमा लघु जलबिद्युत आयोजना समितिले एक बिज्ञप्ती जारी गरि पञ्चदेवल नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
बिद्युत सेवा अवरुद्ध भएसंगै बिनायक बजारका सरकारी तथा गैरसरकारी कार्यालय लगायत स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस