व्यवसायीक तरकारी तथा कुखुरा पालनबाट बिनायकका भिम नेपाली मनग्य आम्दानी गर्दै (भिडियो सहित)

पञ्चदेवल बिनायक नगरपालिकाका भीम नेपालीले व्यवसायीक रुपमा तरकारी खेती तथा कुखुरा पालन सुरु गरेका छन ।

नगरपालिकाको वडा नम्बर २ का नेपालीले ७ रोपनी क्षेत्रफलमा तरकारी खेती संगै कुखुरा पालन सुरु गरेका हुन । न्युनतम ५ लाखको लागतमा ७ रोपनी क्षेत्रफलमा सुरु गरिएको तरकारी खेतीसंगै कुखुरा पालन व्यवसायबाट आफु सन्तुष्ट रहेको उहाँको भनाई छ ।

माघ महिनाबाट सुरु गरिएको तरकारी खेतीमा हाल प्रशस्त मात्रामा टमाटर,तितेकरेला,खुर्सानी,अदुवा,कालो मार्फाचौडा भाजी,भान्टा,काकडा उत्पादन भई बिक्रि बितरण भईरहेका छन । भने लोकल कुखुरा,हाँस खरायो पालन व्यवसाय पनि संचालन भईरहेको छ ।

तरकारी तथा कुखुरा बेचेर दैनीक रुपमा ५ हजारसम्म कारोवार भईरहेको व्यवसायी नेपालीले बताउनुभयो । तरकारी व्यवसाय तथा कुखुरा हाँस पालनका लागी नेपालीले ३ जना स्थानीय युवालाई रोजगार समेत दिईरहेका छन । अछामको बिनायक,कमलबजार,गैटाण र दैलेखको राकम बजारसम्ममा नेपालीको बारीमा उत्पादन भएका तरकारी तथा कुखुरा हाँस बिक्रि बितरण हुने गर्दछन । माघबाट सुरु गरिएको यो व्यवसायबाट तरकारी तथा कुखुरा बिक्रि गरि ७ लाख बरावरको कारोवार गरिएको उहाँले बताउनुभयो ।

हाल सम्म व्यवसायका लागी कुनै पनि निकायबाट अनुदान भने प्राप्त हुन नसकेको नेपालीको भनाई छ । कोरोनाका कारण रोजगार गुमाएका तथा गाउँ फर्किएका नागरिकहरुले पनि यसरी तरकारी तथा पशुपालन व्यवसाय गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।

स्थानीय तथा प्रदेश सरकारले तरकारी तथा पशुपालन व्यवसायका लागी अनुदानका कार्यक्रम संचालन गर्न सके गाउँठाउँमै रोजगारीको बातावरण बन्नुका साथै बिकास समेत हुने नेपालीको बिश्वास छ ।

हेरौ यो कुराकानी :-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker