Techie IT

अछाममा पहिलो पटक बिजुलीका चिम उत्पादन सुरु ( रिपोर्ट सहित )


अछाम जिल्लामा पहिलो पटक बिजुलीको व्लव अर्थात् चिम उत्पादन सुरु भएको छ ।

जिल्लाको पंञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ विनायक बजारमा बिजुलीका चिम उत्पादन सुरु गरिएको हो । स्थानीय युवा भीम नेपाली र कमल विकले जिल्लामै पहिलो पटक बिजुलीका चिम उत्पादन व्यवसाय सुरु गरेका हुन् ।

चिम उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ सहजै उपलब्ध भए चिम उत्पादन व्यवसायलाई थप बिस्तार गर्दै अन्य बेरोजगार युवालाई पनि स्वरोजगार बनाउने सकिने व्यवसायी कमल विकले बताउनुभयो ।

व्यवसायी भीम नेपालीले अहिले विनायक बजारमा चिम उत्पादन गरेर आसपासका व्यापारिक केन्द्रहरूमा चिम बिक्रीका लागी पठाउन थालिएको बताउनुभयो ।

सुमन हिमानी रिसर्च एण्ड प्रोडक्सन पालि नामक उद्योगबाट उत्पादन हुने बिजुलीका चिम छिमेकी जिल्ला दैलेख, कालिकोट लगायतका व्यापारिक केन्द्रमा पठाउन थालिएको व्यवसायी भीम नेपालीले जानकारी दिनुभयो ।

यस क्षेत्रमै पहिलो पटक सुरु गरिएको चिम उत्पादन व्यवसायले आफूहरू सन्तुष्ट बन्नेमा विश्वस्त रहेको उहाँको भनाई छ । स्थानीय सरकारले स्वरोजगार कार्यक्रम अन्तर्गत युवाहरूलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने नेपालीले बताउनुभयो ।

यसै बिच साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले स्वदेशमै इलम गर्न चाहाने युवाहरूलाई आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

स्थानीय गाउँ ठाउँमै व्यवसाय गरी स्वरोजगार बन्न चाहाने युवाहरूलाई नगरपालिकाका तर्फ सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

नगरपालिकाले युवाहरूलाई लक्षित गरी सिपमूलक कार्यक्रम सञ्चालनका लागी आवश्यक बजेट समेत विनियोजन गरेको नगर प्रमुख कुँवरले बताउनु भएको छ ।

यसै सम्वन्धीको एक रिपोर्ट :-

Radio bannigadhi · REPORT BIJULI

क्याटेगोरी : अर्थ खबर, मुख्य समाचार, रोजगार, समाचार, स्थानीय, हेडलाईन

धनराज साउँद
साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस