समिट यएर साँफेबगर-धनगढी १ सय वटा उडान भर्न सफल (कुराकानी सहित)

अछामको साँफेबगर विमानस्थलबाट समिट यएरले १०० वटा उडान भर्न सफल भएको छ ।
साढे तिन महिनाको अवधिमा धनगढी साँफेबर, साँफेबगर धनगढी, साँफेबगर नेपालगन्ज सम्मका हवाई उडान भर्ने दौरानमा समिट यएरले १०० ओटा उडान भरेको समिट एयरका अछाम प्रतिनिधि तेज कुँवरले जानकारी दिनुभयो ।
विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको जेष्ट ११ गते समिट एयरको १९ सिटे विमानले प्राविधिक परीक्षण गरेको थियो ।
कार्त्तिक ७ गतेबाट नियमित सञ्चालनमा रहेको समिट यएरले अछामबाट अहिले सम्म १७ सय ५० यात्रुलाई सेवा दिएको समिट एयरका अछाम प्रतिनिधि तेज कुँवरको भनाई छ ।
समिट यएरको नियमित उडानले यस क्षेत्रको पर्यटकीय तथा अन्य क्षेत्रमा निकै टेवा पुगेको सरोकारवालाहरूले बताएका छन् ।
तत्कालीन विद्रोही माओवादीले २०५८ फागुन ४ गते साँफेबगर विमानस्थलको टावर ध्वस्त बनाएको थियो ।
बिचमा केही समय विमानस्थल सञ्चालन आए पनि पुनः २०६२ सालदेखि पूर्ण रूपमा बन्द विमानस्थल गौचरनमा परिणत भएको थियो ।
तर अहिले नियमित उडान भइरहेको छ । पहाडी क्षेत्रका विमानस्थलमध्ये साँफेबगर विमानस्थल विमान अवतरणका लागि सबैभन्दा उपयुक्त मानिएको छ ।
समिट यएरका अछाम प्रतिनिधि तेज कुवरले १०० वटा उडान भर्न सहयोग गर्ने समिट एअर प्रा लि, नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकाय तथा यात्रुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
समिट यएरका अछाम प्रतिनिधि तेज कुँवरसंग गरिएको कुराकानी :-