२० लाखको दलित सामुदायिक भवन : झ्याल न ढोका,भत्कियो भर्याङ्ग  

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बर्दादेवीमा निर्माण गरिएको दलित सामुदायिक भवन निर्माणमा व्यापक अनियमितता भएको आशङ्का गरिएको छ ।

२० लाखको लागतमा २ कोठाको भवन निर्माणका क्रममा व्यापक अनियमितता भएको स्थानीयले दाबी गरेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास डिभिजन कार्यालय डोटी मार्फत २० लाखको लागतमा दलित सामुदायिक भवन निर्माण योजना सम्पन्न भएको थियो ।

उपभोक्ता समितिसँग सम्झौताका लागी वडा कार्यालयले दिएको सिफारिस

उपभोक्ता समिति मार्फत योजना सम्पन्न गरिएको बत्ताइए पनि योजना स्थलमा भने योजनाको कुनै पनि सूचना पाटी समेत टाँसिएको छैन ।

२० लाखको लागतमा निर्माण गरिएको २ कोठे भवनमा झ्याल र ढोका जडान गरिएका छैनन् भने भवनको भर्याङ्ग पनि भत्की सकेको छ ।

भवनको दुवै कोठा भित्र सोलींग गरिएको छैन भने प्लास्टर तथा ढलानमा क्युरिंग (पानी चार्ने) नगरिएको स्थानीयले बताएका छन् ।

प्राविधिक मूल्याङ्कन अनुसार योजनाको पुरा रकम भुक्तानी गरिएको भए पनि प्राविधिक मुल्याँकन र योजनाको गुणस्तरमा प्रशस्त आशङ्का गर्ने ठाउँ रहेको यस क्षेत्रका जानकारहरूको दाबी छ ।

योजना निर्माणको कार्य सम्पन्न भएको केहि दिनमै भवनको सिडी भत्किनुले पनि योजनाको काम कति गुणस्तरीय रुपमा सम्पन्न भयो भन्ने प्रस्ट पार्छ ।

स्थानीय प्रकाश ताम्राकार अध्यक्ष र कालु सुनार सचिव रहेको उपभोक्ता समिति मार्फत उक्त योजना निर्माण गरिएको स्थानीयको भनाई छ ।

योजनाको रकम भुक्तानीका लागी वडा कार्यालयले दिएको सिफारिस पत्र

२० लाखमा निर्माण गरिएको भवन निर्माणमा गुणस्तर हीन कार्य भएको प्रस्ट हुँदा हुँदै पनि उपभोक्ता समिति अध्यक्ष ताम्राकार नेकपा निकट र सचिव सुनार काँग्रेस निकट भएका कारण यस विषयमा गाउँपालिका तथा अन्य सम्बन्धित निकाय मूकदर्शक भएको आरोप स्थानीयको छ ।

भिडियो :-

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

One Comment

  1. यस्तै छ नेपालकाे कानुन जहा घुसकाेरि न भष्टाचारकाे लालाेमा लपेटियका जनप्रतिनिधिहरुकाे नै हाबि छ। सायद याे रातारात कुखुरा मासु खायका जनप्रतिनिधिहरुकाे देन हाे। पावर र पैसा खुवाए भने मरेकाे मानि नै जिउदै छ भन्ने हाम्राे समाजका मानिसहरु यस्तै हाे । कैले पानि नहुने ठाउमा तटबन्धन त कैले पानि नहुने ठाउमा पाेखरि बाधिन्छ। याे भवनकाे बिषयमा बान्निगढि जयगढ गा पा सङ्ग सम्बन्धित पालिका प्रमुख, उप प्रमुख,र वडा 3 का वडा अध्यक्ष र त्याे भवनकाे सभ्रेक्षण गर्ने प्राबिधिक काे हाे।त्यसलाई कडा भन्दा कडा कार्भाई गरिनु पर्छ।र याे बिषयमा सत्य तथ्य छानमिन गरिनु पर्छ। र यस्ता उपभाेता समितिलाई समेत कार्भाई गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker