अछामका बजारमा मौलायो कालोबजारी : प्रशासन र सरोकारवाला मौन

कोरोना सङ्क्रमण रोकथामका लागी अछाम लगायत विभिन्न जिल्लामा सरकारले निषेधाज्ञा जारि गरेको छ । निषेधाज्ञा भने व्यापारीका लागी कमाउने अवसर बनेको सर्वसाधारणले गुनासो गरेका छन् ।
जिल्लामा निषेधाज्ञा जारि गरिएसंंगै व्यापारीहरूले दैनिक उपभोग्य लगायतका सामाग्रीमा मन मर्जी तरिकाले मूल्यवृद्धि गरेको नागरिकले गुनासो गरेका हुन् । दैनिक उपभोग्य का दाल चामल,नुन,तेल,चिनी लगायतका सामाग्रीहरूमा व्यापारीहरूले मनोमानी रुपमा मूल्यवृद्धि गरेको सर्वसाधारणको भनाई छ ।
जयगढ बजारका व्यापारीहरूले मूल्यवृद्धि गरेको बिषयमा सर्वसाधारणले आफलाइ समेत गुनासो गरेका पूर्व जिल्ला विकास समिति सदस्य तथा नागरिक अगुवा तिलक खत्री तिमिल्सिनाले बताउनु भएको छ । बजार मुल्य बृद्धिको गुनासो आइरहेका बेला स्वयम आफूले समेत यस अघि प्रतिकिलो ९० रुपैयाँमा खरिद गर्दै आएको चिनी १ सय रुपैयाँमा खरिद खत्रीले अनुभव सुनाउनुभयो ।
सङ्घीयता कार्यान्वयनका क्रममा बान्नीगढी जयगढ गाउँपालिका स्थापनाका लागी नेतृत्व गर्नु भएका तथा सामाजिक चासोका बिषयमा खुलेरै बोल्ने खत्रीलाई बजार मूल्यका बिषयमा सर्वसाधारणले गुनासो गरेका भएपनी यस बिषयमा गाउँपालिकाका सरोकारवालामा कुनै चाँसो र चिन्ता नदेखिएको खत्रीले बताउनुभयो ।
मूल्यवृद्धि नियन्त्रणका लागी गाउँपालिकाका पदाधिकारी र सरोकारवालाले कुनै चाँसो तथा चिन्ता नलिएपछि अछामका प्रमुख जिल्ला अधिकारी रुद्र मल्ललाई टेलिफोन मार्फत आफूले यस बिषयमा जानकारी गराएको खत्रीले जानकारी दिनु भएको छ ।
मुल्य बृद्धिका बिषयमा खत्रीले जानकारी गराउँदा प्रमुख जिल्ला अधिकारी मल्लले तत्काल आवश्यक काम कार्वाहि अगाडी बढाउने बताए पनि हालसम्म यस बिषयमा भने कुनै पनि सुनुवाइ भएको छैन ।
अछामका बजार क्षेत्रमा भईरहेको मुल्यबृद्धिबारे सम्पर्क गर्दा अछामका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको टेलीफोन उठेन् ।
यता उद्योग वाणिज्य सङ्घ अछामका नव निर्वाचित अध्यक्ष महेन्द्र बहादुर कडायतले भने बजार अनुगमन लगायतका कार्य अगाडी बढाइएको बताउनु भएको छ । सङ्कटका अवस्थामा कुनै पनि व्यापारीले कृत्रिम कालोबजारी तथा मूल्यवृद्धि गरेको पाइएमा कानुनी कार्वाहि समेत गर्ने कडायतले प्रतिबद्धता जनाउनुभयो ।
बाईट : महेन्द्र कडायत
क्याटेगोरी : अर्थ खबर, कोरोना कहर, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस