गुणस्तरहीन काम गरिएको दलित भवनको भर्याङ्ग मर्मत गरियो

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएको दलित सामुदायिक भवनको भर्याङ्ग मर्मत गरिएको छ ।
निर्माण कार्य सम्पन्न भएको केही दिनमै भत्किएको भवनको भर्याङ्ग केही दिन अघि मात्र मर्मत गरिएको हो ।
गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सहरी विकास डिभिजन कार्यालय डोटी मार्फत २० लाखको लागतमा दलित सामुदायिक भवन निर्माणमा गम्भीर लापरबाही गरिएको तथा गुणस्तरहीन काम गरिएको बिषयमा यस अघि रेडियो बान्नीगढी र बान्नीगढी टुडेले समाचार प्रकाशन र प्रसारण गरेको थियो ।
गुणस्तरहीन निर्माण कार्यका साथै योजनामा भ्रष्टाचार भएकोबारे २० लाखको दलित सामुदायिक भवन : झ्याल न ढोका,भत्कियो भर्याङ्ग शिर्षकमा बान्नीगढी टुडेले समाचार प्रकाशन गरेको थियो ।
समाचार प्रकाशन तथा प्रसारण भएपछि भवनको भत्किएको भर्याङ्ग उपाभोत्ता समितिका पदाधिकारीको निर्देशनमा मर्मत गरिएको स्थानीयले बताएका छन् ।

उपभोक्ता समिति मार्फत गरिएको भवन निर्माणको काम गुणस्तरहीन भएको स्थानीयको गुनासोपछि रेडियो बान्नीगढी र बान्नीगढी टुडेले स्थलगत भिडियो सहित समाचार प्रकाशन र प्रसारण गरेको थियो ।

योजनामा आर्थिक अनियमितता भएको तथा गुणस्तरहीन काम भएकोबारे सप्रमाण समाचार सार्वजनिक भएका भए पनि हालसम्म कुनै पनि निकायले यस बिषयमा भने चाँसो लिएका छैनन् ।
यो पनि पढ्नुहोस :-
क्याटेगोरी : अर्थ खबर, बान्नीगढी बिशेष, मुख्य समाचार, समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस